कृष्ण जन्माष्टमी:अबको १२ घण्टा भित्र नभुली अवश्य गर्नुहोस् यस्ता उपाय, घरमा हुनेछ धनको वर्षा !

यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व भोलि भदौ ३ गते शुक्रबार मनाइदै छ। सुख,समृद्धि, सन्तान, ऐश्वर्य, इज्जत आदि प्राप्तिको दृष्टिले जन्माष्टमीको पर्व निकै महत्वपूर्ण छ। यस दिन मानिसहरूले भगवान कृष्णको जन्मजयन्ती भक्तिपूर्वक मनाउँछन्। यस दिन मयूरको प्वाँखसँग सम्बन्धित केही विशेष उपाय अपनाएमा जीवनका दुःख-कष्टहरू हटेर धेरै मनोकांक्षाहरू पूरा हुन्छन्।

कालसर्प दोषबाट मुक्ति पाउने उपायः भगवान् कृष्णलाई कालसर्प दोष रहेको शास्त्रमा उल्लेख छ, यस दोषबाट मुक्ति पाउन मयूरको प्वाँख निकै प्रभावकारी हुने जनविश्वास छ। यदि कालसर्प दोषले समस्या दिइरहेको छ भने जन्माष्टमीको दिन मयूरको प्वाँख घरमा ल्याई पूजास्थलमा राख्नुपर्छ। यसले राहत दिनेछ।

धन प्राप्तिका लागि मयूरको प्वाँखको उपाय : आर्थिक अभावले त्रसित भएका र धेरै धन कमाउन चाहनेले जन्माष्टमीको दिन मयूरको प्वाँख ल्याएर पैसा राख्ने ठाउँमा राख्नुपर्छ। यसो गर्नाले राहु र शनिको नराम्रो नजरबाट पनि मुक्ति मिल्छ र घरमा धनको द्रुत वृद्धि हुन थाल्छ। घरको दक्षिण दिशामा मयूरको प्वाँख राख्नु पनि राम्रो मानिन्छ।

वास्तु दोष हटाउन मयूरको प्वाँखको उपायः घरको उत्तर-पूर्व दिशामा बाहिरी व्यक्तिले नदेख्ने ठाउँमा ८ वटा मयूरको प्वाँख राख्नुहोस्। यसो गर्दा वास्तुदोष र नकारात्मक उर्जा हट्छ।

एकाग्रता बढाउनः बालबालिकाको मन पढाइबाट भड्किएमा, घरका मानिसहरूलाई निर्णय लिन कठिनाइ हुन्छ। यस्तो अवस्थामा मयूरको प्वाँख आफ्नो साथमा राख्दा लाभ मिल्छ।

नराम्रो नजरबाट बच्न मयूरको प्वाँखको उपायः घरको मुख्य प्रवेशद्वारमा मयूरको प्वाँख राख्नुहोस्, सधैं घर र घरका मानिसलाई नराम्रो नजरबाट बचाउनेछ। मयूरको प्वाँखको साथमा बाँसुरी पनि राख्नु भयो भने घरमा सधैं सुख-समृद्धि रहनेछ।

प्रकाशित : , ०, ०१४:४०

घरमा छ कृष्णको मूर्ति ? अपनाउनुहोस् यस्ता सावधानी, अन्यथा हुनसक्छ अनिष्ट : कृष्ण जन्माष्टमी विशेष !