यसपटक साउन २७ गते रक्षाबन्धन पर्व मनाइँदैछ । यसको एक दिन अगाडि अर्थात् अगस्ट १० मा मंगल ग्रहको राशि परिवर्तन हुनेछ । मंगल यस दिन मेष राशिबाट वृष राशिमा प्रवेश गर्नेछ। ज्योतिषशास्त्र अनुसार मंगल ग्रह एक पटक राशि परिवर्तन गरेपछि ४५ दिनसम्म एकै राशिमा रहन्छ । यो ग्रहलाई साहस र उर्जाको कारक मानिन्छ। वृष राशिमा मंगल ग्रहको गोचरका कारण कुन-कुन राशिहरु चम्किनेछन् जान्नुहोस्।
वृष राशिः यो राशिका व्यक्तिहरुको करियरमा राम्रो प्रगति हुनेछ । वैदेशिक व्यापारमा विशेष लाभ मिल्नेछ । विवाहितहरूलाई यस अवधिमा राम्रो लाभ हुने सम्भावना छ।
कर्कट राशि: आफ्नो क्षेत्रको हरेक काममा सफलता पाउनुहुनेछ र करियरमा राम्रो प्रगति हासिल गर्न सक्नुहुनेछ। यदि तपाई विवाहित हुनुहुन्छ भने मंगल ग्रहको गोचर तपाईका लागि निकै लाभदायक साबित हुनेछ । केही शुभ समाचार सुन्न सकिनेछ ।
वृश्चिक राशिः कुनै पनि व्यवसाय गर्नेहरूले अपार लाभ प्राप्त गर्नेछन्। जीवनसाथीसँगको सम्बन्ध राम्रो रहनेछ। करियरमा उन्नतिको नयाँ बाटो खुल्नेछ ।
मकर राशि: तलब बढ्ने सम्भावना छ। यस अवधिमा केही शुभ समाचार सुन्न पाइनेछ । दाम्पत्य जीवन राम्रो रहनेछ।