ज्योतिषशास्त्रमा, प्रत्येक ग्रहले निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छन्। १ अगस्ट २०२२, सोमबार बुध ग्रहले कर्कट राशि छोडेर सिंह राशिमा प्रवेश गरेको छ। सिंह राशिमा बुधको आगमनले केही राशिका व्यक्तिहरूको जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ। बुधदेव अगस्ट २१ सम्म सिंह राशिमा रहनेछन्। कुन राशिमा बुध ग्रहको अशुभ प्रभाव पर्नेछ जान्नुहोस्।
कर्कट राशि
बुध तपाईंको राशिबाट दोस्रो घरमा प्रवेश गरेको छ। बुध गोचरको प्रभावले आर्थिक कठिनाइको सामना गर्नु पर्नेछ। काममा उन्नतिको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ। तर, यो समयमा तपाईंले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक छ।
कन्या राशि
बुधले कन्या राशिका व्यक्तिहरूलाई आर्थिक समस्या ल्याउन सक्छ। बुध तपाईंको राशिको १२ औं घरमा प्रवेश गरेको छ। जसका कारण तपाईंको खर्च बढ्न सक्छ। अनावश्यक खर्चले तपाईंलाई मानसिक तनाव दिन सक्छ।
मकर राशि
बुधको गोचरले मकर राशिका लागि जीवनमा चुनौती ल्याउन सक्छ। बुध तपाईंको राशिको आठौं घरमा प्रवेश गरेको छ। यो समयमा तपाईंले लगानी गर्नबाट जोगिनु पर्छ। कार्यस्थलमा सावधानी अपनाउनु होला। पारिवारिक जीवनमा कठिनाइ आउन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला।
कुम्भ राशि
कुम्भ राशिको सातौं घरमा बुध प्रवेश गरेको छ। बुधको गोचरले तपाईंको वैवाहिक जीवन र व्यापारलाई असर गर्न सक्छ। यस अवधिमा पार्टनरसँग मनमुटाव हुने सम्भावना छ। काममा भने सफलता मिल्नेछ।
मीन राशि
मीन राशिको छैठौं घरमा बुधको गोचर शुभ मानिने छैन। यस अवधिमा कार्यस्थलमा सावधानी अपनाउनु पर्ने देखिन्छ। अनावश्यक खर्च कटौती गर्नुहोस्। कुनै पनि निर्णय गर्दा ठूला-वरिष्ठको सल्लाह लिनुहोस्। आर्थिक हानिको सामना गर्नु पर्नेछ।