१० दिनपछि हुने मंगल देवको गोचरले ३ राशिको आर्थिक स्थितिमा ठूलो सुधार !

मंगल ग्रहको गोचर अगस्ट १० मा हुँदैछ। यस दिन मंगल ग्रह वृष राशिमा प्रवेश गर्नेछ। वृष राशिको स्वामी शुक्र हो। ज्योतिष शास्त्रमा मंगल ग्रहलाई साहस र ऊर्जाको कारक मानिन्छ भने शुक्रलाई धन, आर्थिक, भौतिक सुखको कारक मानिन्छ। यो गोचर विशेष गरी घरजग्गा व्यवसायमा संलग्न व्यक्तिहरूका लागि लाभदायक साबित हुन सक्छ। जान्नुहोस यस्ता ३ राशिका बारेमा जसले यस गोचर अवधिमा विशेष लाभ पाउने आशा गरिन्छ।

कर्कट राशि 

यस अवधिमा तपाईंको अधुरा मनोकामना पूरा हुनेछन्। मिहिनेतले राम्रो फल दिनेछ। यदि तपाईं घरजग्गा, इन्जिनियरिङ वा रक्षा आदिमा काम गर्दै हुनुहुन्छ भने, तपाईंले यस अवधिमा राम्रो लाभ प्राप्त गर्नुहुनेछ। लामो समयदेखि बढुवा रोकिएकाले यो अवधिमा पाउनेछन्। अधुरा मनोकामना पूरा हुने प्रबल सम्भावना छ।

धनु राशि 

सरकारी जागिरको तयारीमा लागेकाहरुले विशेष लाभ मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा सफलता मिल्ने प्रबल सम्भावना छ। यात्राको योग बनिरहेको छ। कार्यस्थलमा ठूलो उपलब्धि हात पार्न सकिनेछ। विभिन्न माध्यमबाट धन आर्जन हुने प्रबल सम्भावना छ।

मकर राशि 

यो राशिका मानिसहरुका लागि यो गोचर अनुकूल साबित हुनेछ। हरेक काममा सफलता मिल्ने प्रबल सम्भावना छ। यस अवधिमा तपाईं आफ्नो लक्ष्यहरू पूरा गर्न सफल हुनुहुनेछ। नोकरीमा पदोन्नतिको प्रबल सम्भावना छ। तपाईंको अधुरो मनोकामना पुरा हुनेछ।

प्रकाशित : , ०, ०१६:२१

‘बुधादित्य’ योगमा परेको छ श्रीकृष्ण जन्माष्टमी, चम्किनेछ यी ४ राशिको भाग्य: कुन-कुन ?