आज साउन महिनाको पहिलो सोमबार, व्रत बस्दा भुलेर पनि गर्नु हुँदैन यस्ता काम: जान्नुहोस् के-के हुन् ?

साउन सोमबार व्रत बस्दा दाम्पत्य सुख प्राप्त हुने विश्वास गरिन्छ। अविवाहित पुरुष तथा युवतीले साउन सोमबार व्रत बसेमा मनचाह जीवनसाथी पाउँछन्। साउन सोमबारको व्रत साँचो मनले भोलेनाथको विधिपूर्वक पूजा गरेमा मनोकामना अवश्य पूरा हुने जनविश्वास छ। साथै यो व्रत राख्नाले दाम्पत्य जीवनमा आउने सबै समस्याहरु हट्छ। तर साउन सोमवार व्रत बस्नका लागि केही महत्त्वपूर्ण नियमहरू पालना गर्न जरूरी हुन्छ, जसको बारेमा जान्नुहोस्।

साउन सोमबार व्रत नियम

साउन सोमवारको व्रत बस्ने मानिसले केही नियम कडाईका साथ पालना गर्नुपर्छ अन्यथा व्रतको फल प्राप्त हुँदैन। व्रतको दिन बिहान सबेरै नुहाएर व्रत गर्ने संकल्प लिनुपर्छ। त्यसपछि भगवान शिवको पूजा-अभिषेक गर्नुहोस्। शिवलिंगको जलाभिषेक गर्नुहोस्। सम्भव भएमा दूध, दही, मह आदि पञ्चामृतले अभिषेक गर्नुहोस्। गाईको दूधले शिवलिंगको अभिषेक गर्नु सबैभन्दा शुभ मानिन्छ। अभिषेकपछि शिवलिंगमा बेलको पात, ध-तु’रा आदि चढाउनुपर्छ। त्यसपछि भगवान गणेशको आरती गर्नुहोस् र त्यसपछि शिव-पार्वतीको आरती गर्नुहोस्।

व्रत बस्नेले गर्नु हुँदैन यी गल्ती

साउन सोमवारको व्रतमा केही काम गर्न निषेध गरिएको छ। शिवको पूजा-अभिषेक र व्रतको समयमा हुने यी गल्तीले जीवनमा समस्या ल्याउन सक्छ। त्यसैले साउन सोमबार व्रत बस्दै हुनुहुन्छ भने यी गल्तीहरूबाट बच्नुहोला।

यदि साउन सोमबार व्रत बस्दै हुनुहुन्छ भने बेलुकी भगवान शिवको आरती गर्नुहोस्। त्यसपछि मात्र व्रत तोड्नुहोस्।
साउन सोमबार मात्र नभई साउन महिनाभर दूधको अनादर गर्नु हुँदैन। यदि सम्भव छ भने, दूधको सेवन पनि नगर्नुहोस्। साउन महिनामा शिवलिंगलाई दूधले अभिषेक गर्ने भएकाले यस महिनामा दूध सेवन निषेध गरिएको छ।
गल्तीले पनि शिवलिंगमा बेसार वा सिन्दुर चढाउनु हुँदैन। भोलेनाथलाई यी दुबै चीज अर्पण गर्नु वर्जित छ।
भगवान शिवको पूजामा तुलसी चढाउनु हुँदैन। यसको अर्पण गर्नु पनि वार्चित गरिएको छ।
साउन सोमबार व्रतको दिन सात्विक भोजन मात्र गर्नुहोस्। साउन महिनाभर लसुन-प्याज, मासु-म-दि’रा सेवन नगर्नुहोस्।
साउन सोमवार व्रतको दिन मनमा कसैको लागि पनि नराम्रो विचार नल्याउनुहोस्, कसैको अपमान नगर्नुहोस्।
यस दिन शरीरमा तेल लगाउनु हुँदैन।

प्रकाशित : , ०, ०११:३५

साउन महिना देखिएका यस्ता सपना मानिन्छ अत्यन्तै शुभ, हुन्छ सुख-धन आगमनको सङ्केत !