हरेक मानसको चाहना हुन्छ कि उनको शिरमा माता लक्ष्मीको कृपा सधैं रहोस्। यसका लागि मानिसहरु विधिपूर्वक माताको पूजा गर्छन्। माता लक्ष्मी जुन मानिसमा आफ्नो कृपा वर्षाउँछिन्, उक्त मानिसले सफलताको शिखर चुम्न सफल हुन्छ। यस्तो अवस्थामा माता लक्ष्मीको आशीर्वाद कायम राख्न चाहनुहुन्छ भने भोलि अर्थात् जुलाई १ को दिन त्यसका लागि विशेष रहेको छ।
भोलि जुलाई १, शुक्रबार धेरै विशेष संयोगहरू बन्ने भएका छन्। यी शुभ योगहरूमा लक्ष्मीजीको पूजा गर्नाले धेरै फाइदा हुन्छ। माता लक्ष्मीले प्रसन्न भएर व्यक्तिलाई सुख, समृद्धि र ऐश्वर्य प्राप्तिको वरदान प्रदान गर्नुहुन्छ। कुनै पनि काममा सफलता पाउनको लागि माता लक्ष्मीको कृपा धेरै महत्वपूर्ण हुने विश्वास छ। आउनुहोस् जानौं भोलिको शुभ योग र देवी लक्ष्मीको उपायको बारेमा।
बनिरहेका छन् यी शुभ योगहरू
शुभ दिनमा धेरै कम शुभ योगहरू हुन्छन्। यस्तो अवस्थामा यी अवसरलाई हातबाट जान दिनु हुँदैन। पञ्चाग अनुसार असार शुक्ल पक्षको दोस्रो तिथि जुलाई १ मा शुक्रबार परेको छ। यस दिन पुष्य नक्षत्रको स्थापना भइरहेको छ। यस नक्षत्रमा लक्ष्मीजीको पूजा गर्नाले विशेष फलदायी हुने ज्योतिषीहरुको भनाइ छ। साथै, शुक्रबार पनि लक्ष्मीको पूजा गर्ने गरिन्छ। यस दिनमा जुनसुकै बेला माता लक्ष्मीको पूजा–आराधना गर्न सकिन्छ।
माता लक्ष्मीको पूजा
जुलाई १, शुक्रबार आर्थिक समस्याबाट गुज्रिरहेका वा धन प्राप्तिका लागि विशेष दिन रहेको छ। यस दिन माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न सकिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न शुक्रबार वैभव लक्ष्मीको व्रत राख्नुहोस्। बिहान र बेलुका माता लक्ष्मीको पूजा गर्नुहोस्। यस दिन लक्ष्मीको कृपा प्राप्त गर्न घरको मुख्य ढोकामा घ्यूमा दियो बाल्नुहोस्। गरिब कन्याको बिहेमा सहयोग गर्नुहोस्। शुक्रबारको दिन लक्ष्मीको कृपा प्राप्त गर्न महिलाहरूलाई सुहागको वस्तु चढाउनुहोस्। सेतो वस्त्र र सेतो वस्तुको दान यस दिन विशेष फलदायी हुन्छ।
माँ लक्ष्मीको मन्त्र जप गर्नुहोस्।
ओम ह्रीं श्री लक्ष्मीभ्यो नम
श्री महालक्ष्मी च विद्महे विष्णु पतन्या च धीमही तन्नो लक्ष्मी प्रचोदयात।
ॐ रम रम कमले कमल्लये प्रसाद प्रद