निरन्तर मिहिनेत गर्दा पनि धन प्राप्त हुँदैन, गर्नुहोस् यस्ता उपाय: बन्नेछ बिग्रिएको काम !

जीवनमा हरेक व्यक्तिको चाहना हुने गर्दछ उसले स्वास्थ्य राम्रो होस्, सुख, समृद्धि र जीवनको सबै सुख प्राप्त गरोस्। तर, सबैको यो चाहना कहिल्यै पूरा हुन सक्दैन । कयौँ पटक यस्तो हुन्छ कि जानीजानी वा अनजानमा हामीले गरेका गल्तीका कारण माता लक्ष्मी क्रोधित हुन्छिन् र प्राप्त भइसकेको सफलता पनि गुम्ने गर्दा । जीवनका यस्ता दुःखबाट मुक्ति पाउने उपाय गरुड पुराणमा बताइएको छ ।

गरुड पुराणमा जीवन र मृत्युको रहस्यको बारेमा बताइएको छ । पुराणमा यो पनि भनिएको छ कि व्यक्ति कसरी धनी बन्न सक्छ । गरुड पुराणमा दिएका नियमको पालन गर्ने मानिसमा धनको वर्षा हुन बेर लाग्दैन भन्ने मान्यता छ । आउनुहोस् जानौँ गरुड पुराणमा यस्ता के-के छन्, जसको पालना गर्नाले जीवनमा सफलता चुम्न थाल्छ ।

अभावमा परेकालाई दान गर्नुहोस्

सनातन धर्मले दानलाई धेरै महत्त्व दिएको छ। जुनसुकै शुभ कार्य होस्, दान नदिँदासम्म पुण्य प्राप्त हुँदैन। तसर्थ यदि तपाई भगवान विष्णु र माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ भने, अवश्य खाँचोमा परेकाहरूलाई खाना र पानी दान गर्नुहोस्। यसको साथै धन-सम्पत्ति यस्तो चिज हो, जुन कसैको स्थायी हुँदैन। यो चिज आज एक व्यक्ति सँग छन्। अर्को दिन उनी अर्कैकहाँ हुन सक्छ । गरुड पुराणमा भनिएको छ कि धन र सम्पत्तिको कुरा गर्दा कहिल्यै घमन्ड गर्नु हुँदैन, न कसैको घमण्डमा अपमान गर्नु हुँदैन। सम्पत्तिको घमण्ड गर्ने र क्रोधमा छाडेर जानेहरूलाई माता लक्ष्मीले कहिल्यै आशीर्वाद मिल्दैन ।

दैनिक धार्मिक ग्रन्थको पाठ गर्नुहोस्

धार्मिक ग्रन्थहरूमा ज्ञानको रहस्य लुकेको छ। यस्ता धेरै कुराहरु बताइएको छ जसको आधारमा मानिस हिड्छ भने उसको जीवन सफल हुन् समय लाग्दैन । यस्तो अवस्थामा मानसिक शान्ति प्राप्त गर्न र सही मार्ग पत्ता लगाउन रामायण, महाभारत, गरुड पुराणको पाठ गरिरहनुपर्छ। यी पुस्तकहरूद्वारा भगवानको याद पनि साथ-साथ चलिरहन्छ। त्यसैले यस्ता पुस्तकको पाठ गर्न कहिल्यै छोड्नु हुँदैन।

प्रकाशित : , ०, ०११:००

अल्छीको राजा हुन्छन् यस राशिका व्यक्ति, कुन-कुन ?