ज्योतिष शास्त्रमा ग्रह नक्षत्रको चालचलनलाई धेरै महत्त्वको साथ लिने गरिछ र यसमा पञ्चक कालको महत्त्वपूर्ण स्थान रहेको छ । पञ्चक अवधिमा कुनै शुभ कार्य गर्नु अशुभ हुने जनविश्वास रहेको छ । पुराणका अनुसार रावणको मृत्यु भएदेखि नै ५ दिनको पञ्चकलाई भगवान रामले मान्ने गरेका थिए । वर्षको साउनमा मृ:त्युपञ्चक कहिले लाग्ने हो र यस समयमा कसैको मृत्यु भएमा किन अशुभ मानिन्छ ? जान्नुहोस्….
जुलाईमा मृत्यु पञ्चक कहिलेबाट लाग्दैछ ?
वैदिक ज्योतिषशास्त्र अनुसार यस वर्ष जुलाई महिना १६ तारिख शनिबार बिहान ४ः१७ बजेदेखि २० जुलाई बुधबार दिउँसो १२ः५० बजेसम्म मृ:त्यु पञ्चक लाग्नेछ । ज्योतिषशास्त्रका अनुसार कुनै पनि महिनाको शनिबारबाट पञ्चक प्रारम्भ भएमा त्यसलाई मृ:त्यु पञ्चक भनिन्छ । यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ।
पञ्चक कालमा कसैको मृ:त्युलाई किन अशुभ मानिन्छ ?
पुराणका अनुसार ५ दिनको पञ्चकलाई भगवान राम द्वारा रावणको मृ:त्यु गरे देखि नै मान्ने गरेको छ । ज्योतिष शास्त्रका अनुसार पञ्चक अवधिमा घरमा कुनै व्यक्तिको मृत्यु भएमा परिवार वा आफन्तमा ठूलो हानि हुने सम्भावना रहेकाले अशुभ मानिन्छ । गरुड पुराणका अनुसार पञ्चक अवधिमा घरमा कुनै व्यक्तिको मृ:त्यु भएमा ज्योतिषी वा कुनै विद्वानको सल्लाहमा सुकेको घाँस, चना वा पीठोबाट ५ वटा पुतला बनाएर मृतकको अर्थ राखी राख्ने र विधि अनुसार अन्तिम संस्कार गर्ने गरिन्छ। यसो गर्दा पञ्चक दोष हट्ने जनविश्वास छ ।