प्रत्यक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन भगवान शिवलाई समर्पित मासिक शिवरात्रिको पवित्र व्रत मनाइन्छ। सबै मनोकामना पूरा गर्ने यस व्रतमा भगवान शिवको श्रद्धापूर्वक पूजा गर्नुहोस्। ॐ नमः शिवाय जप गरिरहनुहोस्। यस दिन साँचो मनले भगवान शिवको पूजा गर्नाले जीवनमा आउने सबै दुःख, पाप, भयबाट मुक्ति मिल्छ। मासिक शिवरात्रिलाई भगवान शिवलाई प्रसन्न पार्न उत्तम तिथि मानिन्छ।
गरेका महिनाको कृष्ण चतुर्दशी तिथिका दिन भगवान शिवको नाममा समर्पित गर्ने गरिन्छ साथै यस दिन शिवको नाममा व्रत बस्ने गरिन्छ । धार्मिक मान्यता अनुसार यस दिन बसेको व्रतमा भगवान शिवको श्रद्धापूर्वक भगवान शिवको पूजा गर्ने प्रचलन रहेको छ । यस दिन ॐ नमः शिवाय जप गरिरहनुहोस्। यस दिन साँचो मनले भगवान शिवको पूजा गर्नाले जीवनमा आउने सबै दुःख, पाप, भयबाट मुक्ति मिल्छ। मासिक शिवरात्रिलाई भगवान शिवलाई प्रसन्न पार्न उत्तम तिथि मानिन्छ।
यस मासिक शिवरात्रिको दिन भगवान शिवको नाममा उपासना र व्रत राख्दा भगवान शिवको कृपा प्राप्त हुन्छ । मासिक शिवरात्रि व्रतमा रातको समयमा भगवान शिवको पूजा गरिन्छ । यस दिन व्रत बिहानै देखि बस्नु पर्दछ । निशिता कालमा पूजा आरम्भ गर्नु अघि नुहाएर सफा चोखो लुगा लगाउने । शिवलिंगमा गंगाजल, दूध, दही, घिउ, सिन्दुर, चिनी, गुलाब जल आदि चढाएर अभिषेक गर्नुहोस्। शिवलिंगमा बेलपत्र, दतुरा अर्पण गर्नुहोस् र धूप दीप प्रज्वलन गरी नैवेद्य अर्पण गर्नुहोस्। यस व्रतमा शिव चालिसा, शिव पुराणको पाठ गर्नुहोस्।
यस व्रतमा गोरुलाई चारा खुवाउँनुहोस्, यसो गर्नाले घरमा सुख-समृद्धि आउँछ। मासिक शिवरात्रिको दिन भगवान भोलेनाथलाई एक मुठ्ठी चामल चढाउँदा घरमा कहिल्यै अन्नको कमी नहुने जनविश्वास रहेको छ । यस दिन शिव चालिसाको पाठ गर्नाले सबै प्रकारको भय हट्छ। शिवरात्रिको दिन पहेँलो वस्त्र धारण गर्नु शुभ मानिन्छ। यस दिन शिव परिवारलाई याद गरी पूजा गर्नुहोस्। शिव परिवारलाई पञ्चामृतले स्नान गराउनुहोस् ।