असार महिनामा यसरी हटाउनुहोस मंगल दोष, नत्र आउछ पति-पत्नीबीच यति धेरै समस्या!

मंगल दोषले दाम्पत्य जीवनमा कलह र तनाबको स्थिति सिर्जना गर्दछ । अहिलेको समयमा कर्कट राशिमा मंगल ग्रह बिराजमान भएको छ । थापाउनुहोस असार माषमा मंगलको दोषबाट कसरी बच्ने ।

ज्योतिष शास्त्र अनुसार मंगल ग्रहलाइ सेनापतिको स्थान दिइन्छ । मंगलको स्वभाव उग्र हुने गर्दछ। कसैको जम्न कुण्डलीमा मंगल शुभ स्थानमा छ भने यस्तो व्यक्ति साहसी र बाहादुर हुने गर्दछ । कुनै पनि काम गर्न  पछि नहट्ने स्वभावको हुन्छन् । र सधै सजग हुने गर्दछन् । मंगलको प्रभाव भएको मानिस सधै साहसी काम जस्तै पुलिस, आर्मी तथा अन्य साहशी काम गर्न अग्रशर हुने गर्दछन् ।

जब मंगल अशुभ हुन्छ । यसमा मंगल दोष निर्माण हुन्छ । ज्योतिष शास्त्रमा मंगल दोषलाइ राम्रो मानिदैन । यस दोषको कारण व्यक्तिमा बिभिन्न खालको समस्या उत्पन्न हुन सक्छ । यदि यस्तो समस्या भएमा बिभिन्न बिधि बाट यस मंगल दोषको समाधान गर्न सकिन्छ ।

मंगल दोषको निवारणको लागी असार  महिना  बिशेष  मानिन्छ । असार महिनामा मंगलबारको दिन  बिधिपुर्वक राम भक्त हनुमानको पुजा गर्नाले मंगल दोषबाट मुक्ति पाउन सकिन्छ ।

दाम्पत्य जीवनमा बाधा
कहिलेकाहि मंगल दोषको कारण दाम्पत्य जिवनमा बिभिन्न बाधा आउन सक्छ। कुनै समय त सम्बन्ध बिच्छेद पनि हुन सक्छ। यदि मंगलको दोष छ भने सधै श्रीमान श्रीमतीबीच  सानो-सानो कुरामा पनि कलह हुने गर्दछ।

मंगल दोष कसरी बन्छ?
ज्योतिष शास्त्र अनुसार जब जन्म कुण्डलीको चतुर्थ भाव, लग्न भाव, सप्तमा भाव, अष्टम भाव र द्वादश भाव मध्ये काहिँ पनि मंगल ग्रह बसेको छ भने मंगल दोषको निर्माण हुन्छ ।

मंगल दोष निवारणको उपाय:
मंगल दोषको निवारणको लागि मंगलबर भगवान हनुमानको पुजा आरधना गर्नु  पर्ने हुन्छ । नकारात्मक सोचबाट टाढा रहनु पर्ने हुन्छ । यसको साथै हनुमान चालिषा र शुन्दर काण्डको पाठ गर्नु पर्ने हुन्छ ।

प्रकाशित : , ०, ०१४:३३

आज मिल्नेछ अष्टलक्ष्मीको आशीर्वाद, शुक्रबार यसरी गर्नुहोस् माता लक्ष्मीको ८ रूपको पूजा !