गत २८ जुनबाट पञ्चककाल शुरु भएको छ । सनातन धर्मामा पञ्चककाललाइ एकदमै महत्वपूर्ण मानिन्छ। यो पंचककाल २८ जुन देखि ३ जुलाई सम्म जारी रहनेछ । पञ्चक अवधिमा कुनै पनि कामको लागि शुभ मानिदैन। जब चन्द्रमा धनिष्ट नक्षत्रको तृतीय चरण, उत्तराभद्रपद, पूर्वाभद्रपद, रेवती र शताभिषा नक्षत्रमा यात्रा गर्छ तब पञ्चककाल शुरु हुन्छ ।
पञ्चक कालमा मृत्युसंग सम्बन्धित धेरै मान्यताहरू छन्। यो विश्वास गरिन्छ कि यदि पञ्चक अवधिमा कुनै व्यक्तिको मृत्यु भयो भने उसको कुलमा अरु ५ जना व्यक्तिको मृत्यु हुने सम्भावना हुन्छ । यस समयमा कसैको मृत्यु भयो भने त्यस लाससँग अरु पाच वटा कुशको टुक्र लाइ अन्य लाश मानि जलाइने प्रचलन छ ।
पञ्चक हरेक महिनामा ५ दिन लाग्ने गर्दछ । पञ्चक धनिष्ठा नक्षत्रको तेस्रो चरणबाट सुरू भएर रेवती नक्षत्रमा समाप्त हुन्छ। हिन्दु धर्ममा पञ्चक लागेपछि शव जलाउनु नपरेको राम्रो मानिन्छ । यदि यस समयमा केहि गरी शव जलाउन परेमा आटाको पिठोको पुत्ला बनाइ बिधि पुर्वक अन्तिम सस्कार गरिन्छ । धार्मिक मान्यता अनुसार यस समयमा कसैको मृत्यु भएमा शवको नाममा जाल तथा भूमी दिने प्रचलन छ ।
पञ्चक कालमा यस्ता कार्य गर्नु अशुभ मानिन्छ:
-पञ्चक अवधिमा काठ खरिद गर्नु अशुभ मानिन्छ । यस समयमा घरको छत बनाउनु पनि अशुभ मानिन्छ।
-यस अवधिमा खाट अर्थात् बिस्तारा बनाउनु पानि अशुभ मानिन्छ र पञ्चकको अवधिमा दक्षिण दिशा यात्रा गर्नु पनि अशुभ मानिन्छ ।
-पञ्चक कालमा कसैले पनि कुनै शुभ कार्य गर्यो भने त्यस मानिसलाई कार्य सम्पन्न गर्न ५ पटकसम्म गर्नुपर्ने हुन्छ।