दक्षिण भारतीय फिल्महरूमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको आधारमा विशेष मान्यता प्राप्त गर्ने मीरा चोपडा आजकल धेरै चर्चामा छिन्। धेरै व्यक्तिहरुले मीरालाई ग्लोबल स्टार प्रियंका चोपडाको नातेदार बहिनीको रूपमा चिन्छन् । भर्खरै मीराको वेब सिरीज ‘द ट्याटू मुर्दर्स’ रिलीज भएको छ जुन दर्शकहरूले पनि धेरै मन पराएका छन् ।
यस सिरिजमा मीरा एक पुलिस अफिसरको भूमिकामा देखिएकी थिइन् । उनको उत्कृष्ट अभिनयले सबैको मन जितेको छ। लामो समयसम्मको कडा मेहेनतपछि अन्ततः मीराले इंडस्ट्रमा विशेष मान्यता प्राप्त गर्न थालिन । उनी भन्छिन्, ‘आज म जहा छु, त्यो सबै मेरो कडा मेहनतको परीणाम हो ।’ सले यो स्थान आफ्नै ठाउँमा प्राप्त गरेकि छिन् । उनि भन्छिन् एक ग्लोबल स्टारको बहिनी हुन मात्र ठुलो कुरा होइन ।
मीरा भन्छिन प्रियंका चोपडाको आफन्त भएकी भए पनि उनले यस फिल्म क्षेत्रमा प्रियंकाबाट कुनै सहयोग पाइनन्। एक अन्तर्वार्ताको क्रममा मीराले भनिन्, ‘जब म यस क्षेत्र प्रवेश गर्दै थिए । जुनसुकै ठाउमा गए पनी जहिले चर्चा भइरहेको हुन्थ्यो प्रियंका चोपडाकी बहिनी आउँदैछ। यद्यपि कुनै ठाउमा उनलाई कसैसंग तुलनात्मक हिसाबले हेरिएन । सत्य कुरा गर्नु पर्दा प्रियंकाको सहयोगमा अहिले सम्म कुनैपनि काम पाएको छैन ।’
मीराले सामाजिक सञ्जालमा राखेका केहि तस्बिरहरु: