गर्मि मौषममा अनुहारमा आउने विभिन्न समस्याको बारेमा धेरै सजग हुनुपर्ने हुन्छ । मानिसहरु अनुहारमा देखिएको दाग धब्बा हटाएर अनुहारमा सुन्दर्ता र चमकता ल्याउन निकै मेहनत गर्ने गर्छन । बजारमा यस्ता धरै प्रोडक्टहरु उपलब्ध छन जसले अनुहारलाइ स्वस्थ र चमकदार बनाउने भनिरहेको छन् । के तपाइले कहिले कागतिलाई आफ्नो स्कीन केयरको प्रोडक्टको सुचीमा समावेश गर्नु भएको छ? कागती स्वास्थ्यको लागि मात्र नभई छालाको लागि पनि एकदमै फाइदाजनक छ ।
आयुर्वेदिक डाक्टरहरुको भनाइ छ, लामो समय देखिको दागहरुलाई पनि कम गर्न सकिन्छ । कागतीमा अम्लिया पदार्थ प्रयाप्त मात्रामा पाउन सकिन्छ। कागतीको सेवनले शरीरमा भएको नकारात्मक तत्वलाइ बाहिर निकाल्न मद्धत गर्दछ। साथै अनुहारमा देखिएको चिल्लो पना तथा दाग, धब्बा हटाउनको लागि कागती एकदमै उपयोगी हुन्छ।
वास्तवमा कागती अमिलो प्रकृतिको हुने भएकोले यसले अनुहारमा भएको मृत कोषहरु हटाउने मात्र नभई यसले अनुहारमा रहेको कालो धब्बा हटाउनुको साथै अनुहारमा देखिएको फुस्रोपनलाई पनि हटाउछ । आज हामी यस लेखमार्फत कागतीबाट बनाउन सकिने फेश प्याकको बारेमा जानकारे गराउछौ । जसको प्रयोगबाट तपाईले स्वस्थ मुहार पाउन सक्नु हुन्छ ।
१. चिसो दुध र कागतिको रसलाइ बदाम पाउडर तथा सुन्तलाको बोक्राको पाउडरसँग मिसाउनु होस् । यसरि बनाएको पेस्टलाइ नरम र हल्का सँग अनुहारमा लगाउनुहोस् । लगाएको करिब १० मिनेटपछि मनतातो पानीले अनुहार धुनुहोस् ।
२. यस विधिको लागि शुरुमा गोलभेडाको रस लिनुहोस र यसमा कागतीको रस, दुधलाइ समान रुपमा मिसाउनुहोस् । यसरी बनेको पेस्टलाइ अनुहारमा लगाउनुहोस् । यसरी लगाएको १० मिनेटपछि अनुहारलाइ राम्रोसँग धुनुहोस ।
३. यस विधिको लागि पहिले आधा चम्चा बेसारको धुलो लिनुहोस् । त्यसपछि यसमा २ चम्चा कागतीको रस र ३ चम्चा पाकेको मेवाको गुदी मिसाउनुहोस् । यसलाई राम्रोसँग मिसाएर अनुहारमा लगाउनुहोस् । यसरी लगाएको करिब २० मिनेटपछि राम्रोसँग मुख धुनुहोस ।