५० कटेको पिताका शरीरमा देखिने यी लक्षणले निम्त्याउन सक्छ यस्तो खतरा,नगर्नुहोस बेवास्ता!

५० वर्षको उमेरमा  मानव शरीर धेरै परिवर्तन हुन्छ । यस उमेरमा  शरीर भित्रबाट कमजोर हुन थाल्छ र धेरै अंगहरु पहिलेको भन्दा बढी कमजोर हुन्छन्। यदि तपाईको बुवाको उमेर ६० बर्ष वा सो भन्दा बढी छ भने तपाईले उहाँको स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ। तपाईं उहाँको शरीरमा देखिएका संकेतबाट उहाँलाई खतराबाट बचाउन सक्नुहुन्छ ।

दिमागमा असर – ५० वर्षको उमेरमा  मस्तिष्कको कार्य बढ्छ। यधपी ५५ को आसपासमा दिमागमा तनावको कारण बिस्तारै स्मृति कमजोर हुन थाल्छ। साथै स्मृति वा याद वृद्धि गर्न मेडिटेरेनियन डाइट अपनाउनुपर्ने हुन्छ । यसमा फलफुल, तरकारी, सम्पूर्ण अन्नहरू र स्वस्थ गेडागुडी  रहेको छ ।

प्रतिरक्षा प्रणाली- यस उमेरमा प्रतिरक्षा प्रणाली कमजोर हुन थाल्छ र संक्रमणसँग लड्ने कोष पहिले जस्तै बलियो रूपमा काम गर्न सक्षम हुँदैनन्। यस कारण फ्लू, निमोनिया र टिटानस जस्ता रोग हुने जोखिम बढ्छ। यो उमेरमा फ्लु भ्याक्सिन दिनुपर्छ।

सुन्ने क्षमता कम  – ५० वर्षभन्दा माथिका ४० प्रतिशत व्यक्तिको सुन्ने क्षमता कम हुन्छ। उच्च रक्तचाप, मुटुको समस्या वा मधुमेह जस्ता रोगको प्रभावका कारण ५० को उमेरपछि सुन्ने क्षमता कम हुन थाल्छ। यदि तपाईंलाई पनि कुनै यस्तो समस्या छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् र आवश्यक परीक्षण गर्नुहोस्।

हड्डीमा कमजोर – ५० वर्ष कटेपछि हड्डीहरू बिस्तारै कमजोर हुन थाल्छ। यस उमेरमा सेल ब्रेकडाउनको जोखिम बढ्छ।  ५० वर्षको उमेरमा  क्याल्सियम र भिटामिन डी धेरै खानुपर्छ।  साथै हड्डी बल्यी बनाउने अभ्यास गर्नुपर्छ।

मुटुमा असर  – ५० को उमेरमा हृदय घात हुने जोखिम बढ्छ। यसलाई रोक्नको लागि व्यायाम गर्नुपर्छ र प्रत्येक दिन ३० मिनेट हिड्नुपर्छ। साथै तौल बढ्न दिनु हुदैन र रक्तचाप नियन्त्रणमा राख्नुपर्छ। यदि तपाईं धुम्रपान गर्नुहुन्छ भने चाँडोभन्दा चाँडो यसबाट दुरी बढाउनुपर्छ ।

मांसपेशिहरु र जोड्ने मा प्रभाव – उमेर बढ्दै गएपछि सबैभन्दा धेरै असर मांसपेशिमा पर्छ । शारीरिक शक्ति कमजोर हुन थाल्छ। यसलाई  राम्रो बनाउनको लागि स्ट्रेन्थ ट्रेनिन्ग लिन जरुरी छ।  यसले मांसपेशीको घनत्व बढाउछ र सन्तुलन पनि सहि हुनेछ। यस उमेरमा जोर्नी दुखाई र आर्थराइटिस पनि हुन्छ। शरीरमा पानी कमी हुन दिनुहुदैन। पानीको अभावले टिश्युलाई पनि असर गर्छ।

कपाल र छालामा असर – यस उमेरमा कपाल सेता, पातलो र धेरै कमजोर हुन्छ। विशेष गरी पुरुषको कपालमा उमेरको असर स्पष्ट देखिन्छ।  यसमा कुनै पनि चिन्ताको विषय छैन। यदि तपाईं चाहनुहुन्छ रङ पनि लगाउन सक्नुहुन्छ। साथै छालामा दागहरू बन्न थाल्छ। साथै यस उमेरमा छालाको क्यान्सरको जोखिम पनि बढ्छ। त्यसैले कुनै पनि समस्यालाई  वेवास्ता गर्नुहुदैन र निश्चित रूपमा समय मै डाक्टरलाई सम्पर्क  गर्नुपर्छ।

आँखामा असर – यदि  केही पढ्ने बेलामा आँखा तान्नु पर्छ भने तपाई उमेरको प्रभावले दृष्टिमा असर गर्न थालेको छ भन्ने बुझ्नुपर्छ। यस उमेरमा प्राय चश्माको आवश्यक पर्दछ। साथै आँखाको  नियमित रूपमा जाँच गरिरहनुपर्छ ।

जाँच – यस उमेरमा धेरै रोगहरू हुने जोखिम बढ्छ। त्यसैले  कोलोन क्यान्सर, म्यामोग्राम टेस्ट, प्रोस्टेट क्यान्सर र टेस्टिकुलर क्यान्सरको लागि समय समयमा जाँच गरिरहनुपर्छ। कुनै पनि प्रकारको  लक्षणलाई वेवास्ता गर्नुहुदैन र यदि घरमा कुनै आनुवंशिक रोग चलिरहेको छ भने निश्चित रूपमा चिकित्सकलाई यस बारेमा जानकारी दिनुपर्छ।

प्रकाशित : , ०, ०१०:३४

बलिउडका यी चर्चित दुइ अभिनेत्रीको श्रीमानसंग डेट गर्न चाहन्छिन भुमि, गरिन यस्तो खुलासा!