आज मिथुन चक्रवर्ती अर्थात् बलिउडका ‘डिस्को डान्सर ‘ को जन्मदिन हो। मिथुन आज आफ्नो ७१ औँ जन्मदिन मनाउदै छन्। मिथुनको वास्तविक नाम गौरांग चक्रवर्ती हो । फिल्ममा आउनुभन्दा पहिला मिथुन एक आ-न्दोल-नकारी थिए। एक घटनामा उनको भाईको मृत्यु भएको थियो। त्यसपछि मिथुनले आफुलाई आ-न्दोल-नबाट अलग गरेका थिए। पछि मिथुनले १९७९ मा फिल्ममा इन्ट्री लिएका थिए। मिथुनको पहिलो फिल्म ‘मृगया’ थियो। यस फिल्मबाट उनलाई राष्ट्रीय पुरस्कारले सम्मानित पनि गरिएको थियो।
मिथुनको फिल्मी करियर निकै शानदार रहेको थियो। साथै उनी आफ्नो व्यक्तिगत जीवनको कारण पनि चर्चामा रहन्थे। फिल्ममा आएपछि मिथुनको नाम को-स्टार रंजीता, योगिता बाली, सारिका र थुप्रै हीरोइनसँग जोडिएको थियो। तर अभिनेत्री श्रीदेवीसँग पनि उनको सम्बन्ध रहेको थियो। आज हामी तपाईलाई मिथुन र श्रीदेवीको गोप्य विवाहको बरेम्मा बताउछौँ।
मिथुनले श्रीदेवीको लागि श्रीमती योगिता बालीलाई विश्वासघात गरेका थिए। मिथुनले १९७९ मा योगिता बालीसँग बिहे गरेका थिए। १९८४ मा आएको फिल्म ‘जाग उठा इंसान’ मा मिथुन र श्रीदेवीले पहिलोपटक एकसाथ काम गरेका थिए। यसै फिल्मको शूटिंगपछि दुवैको अफेयरको चर्चा सुरु भएको थियो। दुवैले गोप्य तरिकामा बिहे गरेको हल्ला पनि फैलिएको थियो। यधपी बिहेको केहि ठोस प्रमाण छैन। तर मिथुन र श्रीदेवीको अफेयरको खबर भने सबैले मानेका थिए।
यी दुईको बिहेको खबर फैलिएपछि योगिता बालीले आ-त्म-ह-त्या गर्ने कोसिस गरेकी थिइन्। योगिताले एक अन्तरवार्ता भनेकी थिइन् ,” म मिथुनको दोस्रो श्रीमतीलाई स्वीकार गर्न तयार छु।’ तर मिथुन र श्रीदेवीको सम्बन्ध लामो समयसम्म टिकेन र दुवैबीच झगडाको खबर पनि फैलियो।
श्रीदेवीले मिथुनले पहिलो श्रीमती योगितासँग डिभोर्स नलिने भएपछि मिथुनलाई छोड्ने निर्णय लिएकी थिइन्। १९८८ मा श्रीदेवी र मिथुन आपसी सहमतिले छुट्टीए। योगिताले तेस्रो बच्चा नमाशी जन्माएपछि सबै कुरा साधारण भयो। मिथुनसँग अलग भएपछि श्रीदेवी र बोनी कपूरको अफेयरको खबर आउन थालेको थियो।
मिथुन चक्रवर्तीको श्रीमती योगिता बाली पनि अभिनेत्री थिइन्। योगिताले १९७१ मा ‘परवाना’ फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। त्यसपछि उनले अजनबी, अपराधी, कुंवारा बाप, महबूबा र जानी दुश्मन जस्ता फिल्ममा काम गरिन्।