बृहस्पति कुम्भ राशिमा प्रवेश गर्दै, कुन राशिमा राशिमा कस्तो असर पर्नेछ? हेर्नुहोस!

ज्योतिष शास्त्रअनुसार देवताहरुको गुरु बृहस्पति ग्रहलाई ब्रहमाण्डको सबैभन्दा ठुलो ग्रह मानिन्छ । अहिले देभहग्र बृहस्पति कुम्भ राशिमा प्रवेश गर्न लागिरहेको छ । यो राशि परिवर्तन असार ६ गते भएर भदौ २९ गतेसम्म स्थिर रहनेछ । बृहस्पतिको गति परिवर्तन गर्नाले सबै राशिमा यसको प्रभाव रहनेछ । देभ ग्रह बृहस्पतिले राशि परिवर्तन गर्नाले कुन  राशिमा कस्तो प्रभाव पर्दछ?

मेष राशि
मेष राशि भएका मानिसहरुले बढी मेहनत गर्नुपर्ने हुन्छ । धन हानि र  लाभ दुबै हुनेछ । खर्चमा ध्यान दिनुहोला । पारिवारिक जीवनमा समस्या आउन सक्छ ।

वृष राशि
कुनै काम गर्नुभन्दा पहिले बिचार पुर्याएर गर्नु होला । वादविवादबाट टाढा रहनुहोला । अहिलेको समयमा नया कामको थालनी नगर्नु होला । घर परिवारमा खुशी छाउने छ । आर्थिक लाभको प्रवल सम्भावना  छ ।

मिथुन राशि
शिक्षा क्षेत्रमा समस्या झेल्नु पर्ने हुन्छ । पारिवारिक जीवनमा मधुरता छाउने छ । कडा मेहनत पश्चात सफलता  मिल्ने छ । त्यसैले काममा बिशेष ध्यान दिनु पर्ने हुन्छ ।

कर्कट राशि
कर्कट राशिको मानिसको लागि यस राशि परिवर्तन अनकुल हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु पर्ने हुन्छ । कुनै पनि निर्णय लिदा सोचेर सम्झेर लिनु  पर्ने हुन्छ । धन लाभको योग बनेको छ । खर्चमा नियन्त्रण गर्नुपर्ने हुन्छ ।

सिंह राशी
धन हानि हुनसक्छ । कार्यक्षेत्रमा अन्धबिस्वाश गर्दा समस्या पैदा हुनसक्छ । पैसा लेन देन नगर्नुहोला ।

कन्या राशि
मानसिक तना बाट मुक्ति पाइनेछ । बिरोधिहरु पराजित हुनेछन । स्वास्थ्यमा ध्यान दिनुहोला व्यवसायिक  क्षेत्रमा बाधा आउन सक्छ । दाम्पत्य जीवनमा समस्या आउन सक्छ ।

तुला राशि
धन हानिहुन सक्छ । प्रेम सम्बन्धमा समस्या आउन सक्छ । स्वास्थ्यको ध्यान दिनुहोला । आर्थिक ले देन बाट टाढा रहनु होला ।

बृस्चिक राशि
आर्थिक लाभ हुनेछ । कुनै पनि विवादबाट टाढा रहनुहोला । घर परिवारमा समस्या आउन सक्छ । अचल सम्पति जोड्ने योग बनेको छ । जीवन साथि सँग राम्रो समय बिताउनु हुनेछ ।

धनु राशि
समाजमा सम्मान बढ्ने छ । परिवारमा झगडा हुन सक्छ । धैर्य धारण गर्नुहोला।

मकर राशि
आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ। खर्चमा नियन्त्रण गर्नु होला । घर परिवारमा समस्या आउन सक्छ । यस्तो अवस्थामा धैर्य धारण गर्नु राम्रो हुनेछ ।

कुम्भ राशि
कार्य क्षेत्रमा कसैले पनि धेरै बिस्वास  नगर्नु होला । स्वास्थ्यको बिशेष  ध्यान दिनुहोला । मान सम्मान बढ्ने छ । कार्यक्षेत्रमा सफलता मिल्ने छ ।

मिन राशि
यस राशिका मानिसहरूले शिक्षा र प्रतिस्पर्धाको क्षेत्रमा सफलता प्राप्त गर्नेछन्। समय धार्मिक कार्यहरूमा खर्च हुनेछ। खर्चमा नियन्त्रण गर्नुहोला ।

प्रकाशित : , ०, ०१३:००

५० कटेको पिताका शरीरमा देखिने यी लक्षणले निम्त्याउन सक्छ यस्तो खतरा,नगर्नुहोस बेवास्ता!