काठमाडौँ : बलिउड अभिनेत्री श्रद्धा कपूर हिजोआज चर्चाको केन्द्रमा रहने गर्छिन्। हालै उनी माल्दिभ्सबाट मुम्बई फर्किएकी छिन्। माल्दिभ्समा अभिनेत्री पद्मिनी कोल्हापुरीका छोरा प्रियाङ्क शर्मा र निर्माता करीम मोरानीकी छोरी शजा मोरानीको विवाहोत्सवमा सहभागी हुन् उनी माल्दिभ्स पुगेकी थिईन्। विवाहोत्सवमा श्रद्धा कपूरले खुलेर रमाइलो गरेका फोटो तथा भिडियोहरु सार्वजनिक भएका छन्। प्रियाङ्कको विवाहमा ब्वायफ्रेन्ड रोहन श्रेष्ठ पनि पुगेका थिए। प्रियाङ्कको विवाहमा यसरी दुवै जना सँगै हुनुलाई कतिले संयोग मानेका छन् भने कतिले योजनबद्द हुन् सक्ने भन्दै निकट भविष्यमा विवाहको अड्कल समेत काट्न थालेका छन्।
यद्यपि विवाहबारे दुवैजनाले खुलेर कुरा गरेका छैनन्। तर हालै रोहनका पिता राकेश श्रेष्ठको भनाई सार्वजनिक भएको छ। उनले दुवैजना कलेजदेखि नै एक-अर्काको मिल्ने साथी भएको बताएका छन्। यदि उनीहरु सँगै रहने फैसला गर्छन् भने म खुशीसाथ सबथोक गर्न तयार छु।
राकेश श्रेष्ठले एक न्युज वेबसाइटसँगको कुराकानी भने – ‘उनीहरु दुवैजान कलेजदेखिको मिल्ने साथी हुन्। दुवैको जुहूमा थुप्रै कमन फ्रेन्ड्स छन्। दुवै जना आफ्नो प्रोफेशनल लाइफमा राम्रो गरिरहेका छन्। यस्तो अवस्थामा विवाह गर्ने निर्णय गर्छन् भने त्यो राम्रो निर्णय हुनेछ।’ राकेशले अझ भने – ‘यदि श्रद्धा र रोहन विवाह गर्ने सहमत छन् भने म खुशी साथ सबथोक गर्नेछु।’ उनले आफूले उनीहरुका निर्णयमा आपत्ति जनाउने कुनै कारण नै नभएको पनि बताए। उनले आफ्नो छोरा रोहनलाई उनको नामबाट नभई ‘माई ड्रिम’ भनेर बोलाउने गरेको पनि बताए।
माल्दिभ्समा प्रियाङ्कको विवाहोत्सवमा सहभागी हुनुको साथै श्रद्धाले आफ्नो ३४ औँ जन्मदिन पनि मनाएकी थिईन्। आफ्नो जन्मोत्सवमा उनले आफ्नो परिवारसँग खुलेर मस्ती गरिन्। साथै श्रद्धाले केट काट्दै गरेको एक भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भईरहेको छ। यस भिडियोमा श्रद्धासँग उनको कथित ब्वायफ्रेन्ड रोहन श्रेष्ठ पनि देखिएका छन्। भिडियोमा रोहनले श्रद्धालाई अँगालोमा बेरेको देख्न सकिन्छ। यो भिडियोलाई मानिसहरुले खुब मन पराएका छन्।