प्रतिनिधिसभामा हुने भयो बमदेवको ‘इन्ट्री’ !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद केहि मथ्थर हुने भएको छ। शनिबार बसेको नेकपाको सचिवालय बैठकमा विभिन्न सहमति जुटेपछि विवाद केहि मथ्थर हुने अवस्था देखिएको हो।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् भने अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने प्रण गरेका छन्।

उक्त बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गर्नुका साथै स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ। शनिबार भएको निर्णय अनुसार उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाइनेछ।

बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने र त्यस भन्दा अगाडी वैशाख २४ गते सचिवालय बैठक बस्ने पनि निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

दुई अध्यक्ष तथा अन्य नेताहरु बीच रहेको विवाद आजको बैठक पश्चात केहि मथ्थर हुने अनुमान गरिएको छ। पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा प्रवेश गराउने विषयलाई लिएर शुरु भएको विवाद उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णयमा गएर टुंगिएको छ।

प्रकाशित : , ०, ०१५:१५

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण