महाराजगञ्जका डिएसपीलाई जिम्मेवारीबाट हटाइयो, महानगरीय प्रहरी कार्यालय तानिए !

काठमाडौँ – काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कु-टपि-ट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अ-भद्र व्यवहार र कु-टपि-टसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गरी नागरिकको जीवन रक्षार्थ अग्रपङ्त्तिमा खटिएका चिकित्सकको उच्च सम्मान रहेको महानगरीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यालयले कार्यस्थलमा खटिने प्रहरी कर्मचारीबाट पेशाकर्मी तथा आमनागरिकप्रति गरिने व्यवहारमा कहीँकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षा र आवागमनमा विशेष संवेदनशील रहने प्रतिबद्धता जनाएको छ ।

उक्त घटनाका विषयमा नेपाल चिकित्सक सङ्घलगायत चिकित्सा पेशासँग सम्बन्धित विभिन्न संस्थाले समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैंक नखुल्दा सेवाग्राही मर्कामा
कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन)जारी रहदा यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको अध्यक्षतामा हालै बसेको बैठकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्नुपर्ने र एटीएम पनि खुल्ला राख्ने निर्णय गरेको थियो । तर प्रशासनको निर्णयअनुसार वित्तीय सस्थाले आफ्ना सेवालाई सुचारु नगर्दा सेवाग्राही समस्यामा परेको जनाइएको छ ।

सेवाग्राहीले बैंकमा रकम झिक्न र लिन जाँदा बैंकहरु बन्द रहेको बताएका छन् । हेटौँडामा एनआइसी एशिया, सिर्जना, माच्छापुछ्रे, मेघा, नोविल, एनएमबी लगायतका अधिकांश बैंक तथा वित्तीय संस्था बन्द रहेको गुनासो पाइएको छ ।

सेवाग्राहीका अनुसार बैंकका पहरेदार(गार्ड)ले मुख्यद्वारबाट फर्काउने गरेको तथा एटिएम बिग्रेको तथा कम्प्युटरमा नेटवर्क कम आएको बताउँदै फर्काउने गरेको छ । स्थानीय राम अधिकारीले रकम झिक्न नपाउँदा समस्या परेको बताउँछन्।

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक बिहान १० देखि १२ बजेसम्म खुल्ने गरेको छ । त्यहाँ साबुन पानी र सेनिटाजर लगाएर समाजिक दूरी कायम गरी प्रवेश गर्न दिइएको छ । ग्रामीण क्षेत्रका बैंक बन्द रहेको गुनासो पाइएको छ ।

प्रकाशित : , ०, ००७:५९

प्रतिनिधिसभामा हुने भयो बमदेवको ‘इन्ट्री’ !