मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सरकार- विरोधीकार्यबाट सकेसम्म टाढा रहनुहोला । दुर्घटनाबाट पनि बच्नुहोला । बाहिरको खाना-पानले स्वास्थ्य बिग्रिन सक्ला । कार्य समयानुसार पूर्ण हुनेछैन । व्यवसायमा सम्हालेर हिड्नुहोला। सन्तानसँग मतभेद उपस्थित होला । महत्वपूर्ण निर्णयलाई नलिनुहोला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईलाई रुचिकर मित्र र आफन्तसँग घुम्नाले आनन्द र उल्लास प्राप्त हुनेछ । सुन्दर वस्त्राभूषण र भोजनको अवसर प्राप्त हुनेछ , तर मध्यान्नपछि स्वास्थ्यलाई सम्हाल्नुहोला । खर्च अधिक हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिवारको वातावरण उल्लासमय रहनेछ । शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अनुभव हुनेछ । तपाईको अपूर्ण कार्य पूर्ण हुनाले आनन्द अनुभव हुनेछ । व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ । आर्थिक रूपबाट लाभ होला । मध्यान्नपछि मनोरंजन तपाईको मनमा छाईरहनेछ । मित्र एवं आफन्स्वतसँग घुम्नु हुनेछ । मान र सम्मान प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भविष्यको लागि आर्थिक योजना बनाउनु हुनेछ । एकाग्रतापूर्वक कार्य गर्नाले कार्यमा सफलता अवश्य मिल्नेछ । कसैसँग वाद-विवाद नटाल्नुहोला । विधार्थीको लागि समय अनुकूल रहेको छ । पारिवारिक वातावरणमा शान्ति बनिरहनेछ । शारीरिक र मानसिकरुपबाट स्फूर्ति र प्रसन्नताको अनुभव गर्नुहुनेछ । तपाईको अधुरो कार्य पूर्ण हुनेछ । व्यवसायिक क्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शारीरिक र मानसिक रूपबाट अस्वस्थ रहनुहुनेछ । आमाको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक रूपबाट हानि हुन् सक्ला । मध्यान्नपछि आर्थिक योजनामा विचार गर्न सक्नुहुन्छ । परिश्रमको अनुरूप परिणाम मिल्नेछ । विद्यार्थीको कार्यमा सफलता प्राप्त हुनेछ ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
गूढ रहस्य र आध्यात्मिकता प्रति तपाईको आकर्षण अधिक रहनेछ । आर्थिक रूपबाट लाभ होला । नयाँ कार्यको प्रारम्भ गर्नको लागि समय शुभ रहेको छ । तपाईको विरोधि प्रति विजय प्राप्त गर्नुहुनेछ । मानसिक र शारीरिक रुपबाट व्यग्रताको अनुभव गर्नुहुनेछ । आमाको स्वास्थ्य बिग्रिन सक्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मानसिकरुपबाट ग्लानिको भाव रहनेछ । परिवारसँग केहि मर्यादापूर्वक चरित्र गर्नुहोला । धर्मकार्यमा खर्च होला। मध्यान्नपछि तपाईको प्रसन्नता कम हुनेछ । आर्थिक रूपबाट लाभ होला । भाग्यवृद्धिको संकेत रहेको छ । कार्यमा सफलता प्राप्त हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । परिवारको वातावरण हर्षोल्लासपूर्ण रहनेछ । प्रेमी र मित्रसँग मिल्ने प्रसंग रहनेछ । मध्यान्नपछि नकारात्मक विचारले तपाईलाई समस्यामा लानेछ । धार्मिक कार्यमा खर्च हुनेछ । विधार्थीलाई विधार्थीमा अड्चन आउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
बोलि र चरित्रमा ध्यान राख्नुहोला । शारीरिक र मानसिक रूपबाट तपाई अस्वस्थ रहनुहुनेछ। शल्यक्रिया गर्ने जस्ता कार्य नगर्नुहोला । मध्यान्नपछि सफलता प्राप्त हुनेछ । परिवारको वातावरण आनन्ददायक रहनेछ। मित्र र प्रेमीसँग मिल्ने अवसर मिल्नेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सामाजिक रूपबाट ख्याति प्राप्त हुनाले व्यवसायिक, आर्थिक तथा सामाजिक रूपबाट लाभदायी दिन रहेको छ । मध्यान्नपछि सावधानी अपनाउनु होला । मानसिक रूपबाट केहि अस्वस्थताको अनुभव हुनेछ । मनोरंजन- आनन्द उल्लासमा खर्च हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मान-सम्मान बढ्नेछ र धन लाभ हुनेछ । प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । कार्यालयमा उच्च अधिकारीलाई तपाईको कार्यमा सन्तोष रहनेछ र पदोन्नतिको योग रहेको छ । मित्रसँग यात्रामा जानुहुनेछ। व्यवसायमा लाभ हुनेछ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
व्यवसायी र व्यापारीवर्गको लागि समय अनुकुल रहेको छ । उच्च अधिकारी तथा प्रतिस्पर्धीसँग व्यर्थ चर्चा वा विवाद नगर्नुहोला । मध्यान्नपछि कार्यलयको वातावरण अनुकुल रहनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ ।