नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द

कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताएका छन्।

“जिल्ला प्रशासन कार्यालय मार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ”, उनले भने। अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए।

महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।

झापामा कोरोनाभाइरस सङ्क्रमणको आशङ्का, डाक्टरको सिफारिसमा आजै काठमाडौँ ल्याइयो

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उनका अनुसार, चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन्। “कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गरेका छन् ”, प्रजिअ रानाले भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।”

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा पनि निकै असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, दोमुखा, जामुनखाडी, बाँसबारी, कालिकालगायतका सिमसार क्षेत्रमा दैनिक १५ दिनयता आन्तरिक पर्यटकसमेत आउन ठप्प भएको छ । ती क्षेत्रमा खोलिएको होटल व्यवसायमा समेत परेको छ ।

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले नेपाल सरकारले भिडभाडमा नजान, सभासम्मेलन र गोष्ठीलगायतका कार्यक्रम नगर्न आग्रह गरेसँगै पर्यटक आउन छाडेको बताए। “कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण कोही पनि आउँदैनन्”, उनले भने, “यसले पर्यटन क्षेत्र धरासायी बनायो ।” उनले यतिबेला समितिका पदाधिकारी नै स्थानीय सरकारसँग मिलेर कोभिड–१९ बाट जोगिन स्थानीयवासीलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको बताएका छन्।

प्रकाशित : , ०, ०११:००

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण