अभिनेत्री आँचलले पार्टीमा लगाइन १६ लाखको लेहेंगा, ६० लाखको गहना,!

काठमाडौँ, चैत्र २ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार अर्थात् फागुन २९ गते विवाह बन्धनमा बाधिएका हुन् । आँचलको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भिलेजबाट गरिएको हो । साथै आँचल र उदिपले  फागुन ३० गते पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिएका थिए।

रिसेप्सन पार्टीमा अभिनेत्री आँचलले भारतीय चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । आँचल शर्माले शनिबार  बिहे पार्टीमा लगाएको उक्त लेहेङ्गाको मुल्य १६ लाख रुपैयाँ रहेको बताइएको छ । चर्चित ब्रान्डका कारण पनि उनको लेहेङ्गालाई महंगो पर्न गएको नायिका आँचल शर्माले बताएकी छिन्। साथै उनले करिब ६० लाख बराबरको गहना लगाएकी थिइन् ।नायिका आँचलले आफुले पार्टीमा लगाएका गहना सबै हिराको भएको कारण महँगो परेको बताएकी छिन्।

आँचलले जिन्दगीमा एक पटक हुने बिहेलाई यादगर बनाउनका लागि आफुहरुले हरेक कोणबाट विशेष गर्ने कोशिश गरेको बताएकी छिन्।

यस जोडीले गत फागुन १२ गते इन्गेजमेन्ट  गरेका थिए, भने केहि दिन अगाडी संगीत समारोह आयोजना गरेका थिए । आँचल शर्मा र डाक्टर उदिपले फागुन १२ गते  काठमाडौँको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका थिए ।

प्रकाशित : , ०, ०१०:३६

कोरोनाबाट बाबुको गयो ज्यान, छोराले आइसोलेसनको झ्यालबाटै बाबुलाई एम्बुलेन्समा राखेको हेरिरहे