काठमाडौँ, चैत्र २ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई करिब सात वर्षअघि थ’प्पड हा’नेर चर्चामा आएका पदम कुँवर फेरी विवादमा तानिएका छन् । उनि शनिबार साँझ प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जबर्जस्ति छिरेको आरोपमा पक्राउ परेका हुन् ।
कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलयमा प्रवेश गरेका थिए । शौचलयबाट लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो । त्यसपछि कुँवरले प्रहरीसँग नेताहरुले देश बिगारे भन्दै हल्ला गरेका थिए । कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीका अनुसार कुँवर संसद भवनतिर किन छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
बाग्लुङका कुँवरले यसअघि २०६९ सालमा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका प्रचण्डलाई थ’प्पड हा’नेका थिए । कुँवर त्यस समय वैद्य माओवादीसँग आबद्ध थिए ।