विश्वभरमा, कोरोना भाइरसको कारण निकै त्रासको वातावरण छ। साथै ‘डब्लुयचओ’ले समेत यस भाइरसलाई महामारीको घोषणा गरिसकेको छ। यस्तो अवस्थामा ‘व्हाट्सएप’मा कोरोनाको बिभिन्न प्रकारको सन्देशहरु निकै भाइरल भइरहेको छ। जसमा कोरोना भाइरसको उपचारको पनि वर्णन गरिएको छ।
त्यस्तै एउटा सन्देशमा लेखिएको छ कि ‘कोरोना बाबा- यहाँ कोरोनाबाट बच्नको लागि प्रमाणित गरिएको माला पाइन्छ।’ भाइरल सन्देशमा यो लेखिएको छ कि, ‘जसले मास्क लिन सक्दैन, उसले यो मालालाई ११ रुपैयाँमा लिन सकिन्छ’। यस भाइरल सन्देशमा मोबाइल नम्बर पनि लेखिएको छ।
यस्तै एक अर्को भाइरस सन्देशको तस्बिरमा एउटा केटा उभिरहेको देखिन्छ। सडकमा त्यस केटाले झाड फूकवाला सामान राखिएको छ।
केटाले उसको पछाडि एक पोस्टर राखेको छ, जसमा लेखिएको छ, ‘कोरोना भाइरलको औषधि १० रुपैयामा’ ।