काठमाडौँ, चैत्र २ । पूर्व मिस नेपाल उषा खड्गी र जीपी तिमिल्सिनाको डिभोर्स भएको छ । सन् २००३ मा बैबाहिक जीवनमा बाँधिएका उषा र जीपी कानूनी रुपमा अलग्गिएका हुन् ।
श्रीमान् जीपी तिमिल्सिनासंग आफुले आधिकारिक रुपमा वैवाहिक जीवन अन्त्य गरेको कुरा फेसबुक मार्फत उषा आफैले जानकारी दिएकी हुन् । उनले आफू शारीरिक र मानसिक रुपमा नै दु-र्व्यवहारमा परेको र अब यो सहन नसकिने भएकाले छुट्टिने निर्णय गरेको बताएकी छिन्। उषाले एक टेलिभिजन कार्यक्रममा यो कुराको जानकारी गराउँदै गर्दा उनि रोएकी थिइन्।
उषा र जीपीको केहि महिना अघि नै डिभोर्सबारे समाचार बनेको थियो तर त्यस समय उषाले आफ्नो फेसबुक मार्फत यो हल्ला झुटो भएको बताएकी थिईन । तर अहिले उषाले आफैले आफु बिगत १७ वर्ष देखि हि-साको शिकार भएका कारण यो निर्णय लिएको जनाएकी छिन् ।
उषा सातौ मिस नेपाल हुन् । उनले सन् २००० मा आयोजना भएको मिस नेपालको टाइटल जितेकी थिइन्। उनको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपि तिमिल्सिनासँग भएको थियो।