लोकदोहोरी गायक प्रकाशलाई थु-नामा राख्न आदेश,!

काठमाडौँ, फागुन ३० । लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थु-नामा राख्न आदेश दिएको छ । वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थु-नामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।कटुवाल बन्दीपुरका  होटल व्यवसायी लालकाजी गुरुङमाथि कु-टपिट गरेको आरोपमा कटवाल गत फागुन ५ गते  पक्राउ परेका  थिए।

परिवारसँग घुम्न  जाने क्रममा कटुवालको बन्दीपुरका  होटल मालिक  लालकाजीसंग  विवाद परेको थियो । वास्तवमा कटुवालले डुम्रेको एक होटल अगाडि आफ्नो गाडी पार्किङ गरेका थिए । सोही क्रममा उनकी श्रीमतीले त्यहाँ वान्ता गरेपछि होटल मालिक र कटुवालबीच विवाद उत्पन्न  भएको थियो । त्यपछि गायक कटुवालले होटल मालिकलाई ध-म्कि दिदै पोखरातर्फ लागेका थिए। तर सोहि दिन साँझको समयमा बाइकमा आएका २ जना अन्जान व्यक्तिले होटल मालिक गुरुङको टाउकोमा रडले हा-नेर त्यहाबाट भागेको जनाएको छ ।

उक्त घटना लगतै पिडित गुरुङलाई उपचारका लागि पोखरा लगिएको तर त्यहा  उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको  थियो। गुरुङलाई  काठमाडौँमा उपचार गराएर घर लगिसकेको छ।

उक्त घटनापछि होटल मालिक लालकाजीकी छोरीले सोमवार प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कटुवालाई ज्यान मा-र्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । अहिले प्रहरीको हिरासतमा रहेका गायक कटुवालमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : , ०, ०१४:१८

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा