काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार नै डिस्जार्च गरिने भएको छ । दोस्रो पटक मृगौला प्रयारोपण गरेका ओली केहीबरेपछि डिस्जार्च हुनेछन् । ओलीकी मिर्गौला दाता समीक्षा संग्रौला (भान्जी) भने बुधबार नै डिस्जार्च भइसकिन ।
सम्बन्धित समाचार:
ओलीलाई भेट्ने पहिलो व्यक्ति भान्जी समीक्षा, यस्तो भयो कुरा!
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण पछि भान्जी समीक्षा संग्रौलाले पहिलो पटक भेटेकी छिन् । मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीलाई भेटेकी हुन्। अस्पतालमा डाक्टरपछि ओलीलाई भेट्ने पहिलो व्यक्ति समीक्षा नै रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
ओली र समीक्षाबीच स्वास्थ्य अवस्थाबारे करिब २ मिनेट कुराकानीमा भएको थियो । समीक्षाले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् भने ओलीले पनि उनलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका थिए ।
समीक्षाले ओलीलाई ‘मामा तपाइँलाई कस्तो छ ?’ भनेर सोधेकी थिइन् । जवाफमा ओलीले ‘मलाई ठिकै छ, भन्दै ‘तिमीलाई कस्तो छ?’ भनेर सोधेका थिए । त्यसपछि समीक्षाले आफु ठिक रहेको बताएपछि ओलीले सहानुभूति प्रकट गर्दै उनलाई धन्यावाद दिएका थिए। साथै ओलीले समिक्षालाई ‘आफ्नो स्वास्थ्यको ख्याल गर्नु’ भनेका थिए।
गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओली र मिर्गौला दाता समीक्षाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।समीक्षा संग्रौलाले आफु पनि प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा व्यक्त गरेकी छन्। डिस्चार्ज दिनको लागि चिकित्सकहरुले अनुमति दिएपनि उनले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा राखेकी हुन्।
समीक्षालाई डिस्चार्ज तयारी गरिएपनि संग्रौलाले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा देखाएपछि उनको डिस्चार्ज रोकिएको शिक्षण अस्पताल निकट एक श्रोतको दावी छ।
संग्रौलाको स्वास्थ्य अवस्था सामान्य भैसकेको हुँदा डिस्चार्ज तयारी गरिएपनि अब उनी प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने भएकी छन्। दुवैलाई अबको केहि दिन भित्रै डिस्चार्ज गर्ने चिकित्सकहरुको तयारी छ। सम्भव भएसम्म दुवै शुक्रबार सम्म डिस्चार्ज हुनेछ।