हाम्रो देशमा भातलाई प्रमुख खाना मानिन्छ। तर भातसँग सम्बन्धित धेरै मिथकहरू छन्, जुन सुनेपछि मानिसहरूले बढी भात खान हिचकिचाउँछन्। हाम्रो देशमा भातको बारेमा मानिसहरूमा धेरै मिथकहरू छन् ,जस्तै – सेतो चामल खैरो चामल भन्दा बढी स्वस्थ छ। भात खाँदा तौल बढ्न सक्छ, के भात रातको समयमा खान ठीक छ? भातको बारेमा यी सबै भ्रमहरू मानिसहरूका दिमागमा छन्। तर, यस्तो केहि पनि हैन । यो केवल मिथक हो।
एक कप चामलको भातमा हुन्छ यी न्यूट्रिसन
– एक कप सेतो चामलको भातमा ३५ ग्राम कार्बोहाइद्रेड हुन्छ ।
– १६५ क्यालोरी र ३-४ ग्राम प्रोटिन
– भात ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्टमा ग्लुकोजमा रूपान्तरण हुन्छ ।
– सेतो चामलमा खैरो चामलभन्दा कम फाइबर हुन्छ।
– खैरो चामलमा पनि अधिक भिटामिन र खनिजहरू हुन्छन्।
– खैरो चामलमा मैंगनीज, सेलेनियम, फस्फोरस, र म्याग्नेशियम हुन्छ।
भातको बारेमा रहेको कहि भ्रमको बारेमा जान्नुहोस् …
भात खानाले बढ्छ तौल ?
वास्तवमा, भात पचाउँन सजिलो हुन्छ, यसमा फ्याट कम हुन्छ र यो कोलेस्ट्रोल मुक्त पनि हुन्छ । यसमा कार्ब्स पनि समावेश हुन्छ , त्यसैले भातलाई उर्जाको राम्रो स्रोत मानिन्छ।
बसेर काम गर्नेले खान हुन्न त भात ?
यदि तपाईं बसेर काम गर्नुहुन्छ वा तपाई पहिले नै आसीन जीवनशैलीको शोकिन हुनुहुन्छ भने पनि तपाईं भात खान सक्नुहुन्छ। भात कम क्यालोरी भएको खाना खानेहरूका लागि उत्तम हुन्छ। उनीहरूलाई प्राय: भात खान सल्लाह दिइन्छ।
भातमा हुँदैन प्रोटिन?
भातमा प्रोटिन दोस्रो सबैभन्दा प्रचुर पोषक तत्व हो। एक कप चामलको भातमा करिब ३-४ ग्राम प्रोटिन हुन्छ। यो मात्रा अन्य अन्नहरू भन्दा धेरै बढी हो।
भातमा सोडियमको मात्र अत्याधिक हुन्छ ?
भातको बारेमा कुराकानी पनि छ कि भातको सेवनले हाम्रो शरीरमा सोडियमको मात्रा बढाउँछ। तर यो पूर्ण रूपमा मिथक हो। भातमा सोडियमको मात्रा निकै कम हुन्छ।
रातको समयमा भातको सेवनले तौल बढ्छ ?
सत्य यो हो कि भात सजिलै पच्छ र यसको सेवनले राति राम्रो निद्रा पनि आउँछ। यसले शरीरमा लेप्टिनको संवेदनशीलता बढाउँछ, लेप्टिन एक फ्याटी टिश्युद्वारा उत्पादन हुन्छ जसले शरीरको बोसो नियन्त्रण गर्छ । यस्तै, उच्च कार्बोहाइड्रेट युक्त खाना राती खान सकिन्छ किनभने यी खाना ग्लुकोजमा परिवर्तित हुन्छन्। राती ग्लुकोज सजिलै ऊर्जामा रूपान्तरण हुन्छ। जबकि भात दिनको समयमा खाँदा ग्लुकोज बोसोमा परिणत हुन्छ।
सेतो चामल स्वस्थ हुँदैन ?
यो सबैभन्दा ठूलो मिथक हो। सेतो चामल स्वस्थ कार्बोहाइड्रेटको एक राम्रो स्रोत हो। दिन भर ऊर्जावान रहनको लागि यसले आवश्यक ईन्धनको रूपमा काम गर्छ। वास्तवमा चामललाई कुनै तरकारी, मासु, सिमी, दाल, इत्यादिसँग मिसाएर खाईन्छ, जसले यसलाई अझ पौष्टिक बनाउँछ।