अष्ट्रेलियाका गृहमन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण

एजेन्सी । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोराना भाइरसबाट संक्रमित भएका छन् । आज (शुक्रबार) गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

गृहमन्त्री पिटरले भने, ‘आज बिहान मेरो शरीर निकै तातो र घाँटी दुखिरहेको थियो।’ बिहान उठ्नेबित्तिकै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका थिए। जाच गरे पछि पिटरमा कोरोना भाइरस देखिएको थियो ।

संक्रमण भएको पुष्टि भएसंगै उनी अस्पतालमा भर्ना भएका छन् । खबरका अनुसार, अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अष्ट्रेलियामा कोरोना संक्रमण हुने गृहमन्त्री पिटर पहिलो व्यक्ति हुन् ।

यो भाइरसको संक्रमित हुनेहरुमध्ये सबैभन्दा बढी, चीनमा  रहेका छन् भने चीनपछि इटालीमा र इरानमा रहेका छन्। त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८ ५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित भइसकेका छन्।

१ हजारभन्दा कम संक्रमित हुने देशहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन् भने पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा डेनमार्क, मलेसिया, स्वीडेन, वेल्जियम, कतार, अस्ट्रेलिया, बहराइन सिंगापुर, अस्ट्रेलिया, नर्वे, बेलायत, हंगकंग छन् ।

अनुसन्धानकर्ताका अनुसार, कोरोना भाइरसबाट संक्रमित व्यक्तिले छोएको र उसको शरीरबाट निस्कने र्यालजन्य पदार्थबाट कोरोना संक्रमणको जोखिम हुने गर्दछ। प्लास्टिक, गिलास, फलाम, कपडा र कागजहरुमा यस भाइरस दुई देखि तीन दिनसम्म बाँच्ने बताइएको छ।

कोरोनाबाट जोगिन मास्क लगाउनुका साथै हात धुनुको बिकल्प नभएको अनुसन्धानकर्ताले बताएका छन्। साथै, कोरोना संक्रमणको लक्षण देखा परेका व्यक्तिहरुबाट दुरी व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित : , ०, ००८:४५

तेस्रो मुलुकका नागरिकका लागि सबै नाका बन्द, विदेशबाट आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने