जब परमभक्तको अपराधको अपजस रामले लिए…

सबैलाई रामायणको कथाको बरेमा त राम्रोसँग थाहा नै होला । यस्तै रामायणमा रामको चरित्र र उनको व्यक्तित्वको बारेमा पनि प्राय : सबैलाई नै थाहा छ होला । उनको आफ्नो भक्तप्रतिको व्यवहार,सद्भाव,सम्मानले उनलाई  महान् बनाउँछ । यस्तोमा प्रभु श्रीरामले किन आफ्नो भक्त विभीषणको अपराधको प्रायश्चित गरे त ?

मर्यादा पुरुषोत्तम श्रीरामले जब थाहा पाए कि उनको भक्त विभीषणलाई ब्राह्मणहरूले बन्धक बनाए। उनले चारै तिर दूतहरू पठाए र उनी आफैँ पनि त्यस ठाउँमा गए। ब्राह्मणहरूले विभीषणलाई बन्दी बनाएर राखेका थिए।

ब्राह्मणहरूले श्री रामलाई स्वागत् गरे र भने- महाराज, यसै वनमा रहेको एक रक्षस हाम्रो आश्रमको नजिककै रथमा आएको थियो। हामी मध्य एक जना वृद्ध  ब्राह्मण कुश लिन गएका थिए। उनि मौनव्रतमा थिए। राक्षसले उनलाई केहि सोध्यो, तर उनको मौनव्रत भएको कारण जवाफ दिन सकेनन्। यो देखेर, दुष्ट भूत रिसायो र आफ्नो खुट्टाले उनलाई आक्रमण गर्यो।

उनी निकै बुढा भईसकेका थिए, त्यसैले आक्रमण सहन नसकेर उनको ज्यान गयो । जब हामीलाई यो थाहा भयो, हामीले त्यस दुष्ट राक्षसलाई समात्यौं,तर त्यो रक्षस जति प्रहार गर्दा पनि  मर्दैन। अब स्वयम् तपाईंनै यहाँ आउँनु  भएको छ, त्यस दुष्ट रक्षसलाई आफै दण्ड दिनुहोस्। यस्तैमा ब्राह्मणले विभीषणलाई बाहिर ल्याए। विभीषणको शिर लाजले झुकेको थियो तर श्रीराम त्यो भन्दा बढी लज्जित भए।

प्रभु श्रीरामले भने – यदि कुनै व्यक्तिको नोकरले अपराध गर्छ भने, यो अपराध उनको स्वामीको मानिन्छ। तपाईंहरु उहाँलाई छोड्दिनुहोस्। उहाँको अपराध मेरो आफ्नै अपराध जस्तै हो। तपाईंहरुले जे दण्ड दिन चाहानु हुन्छ , म स्वीकार गर्छु। विभीषणले जानाजानी ब्राह्मणको ह-त्या गरेका हैनन्। त्यसकारण, श्रीराम आफैंले यो ह-त्याको लागि प्रायश्चित गरे।

प्रकाशित : , ०, ०१४:५७

शुरु भैसक्यो मलमास, यी कार्य गर्न अशुभ !