चीनमा कोरोना भाइरस अमेरिकी सेनाले फैलाएको हुन सक्ने दावी !

वुहानमा देखा परेको  कोरोनाभाइरसमा अमेरिकी सेनाको हात भएको चीनले आशंका व्यक्त गरेको छ । तीन महिनाअघि चीनको हुबेई प्रान्तको राजधानी वुहान सहरबाट शुरु भएको यस भाइरसको महामारी हाल १ सय २७ भन्दा बढी देशहरुमा फैलिइसकेको छ। कोरोना भाइरसबाट संसारभर हजारौं मानिस संक्रमित भएपछि, बुधबार विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको हो।

तर, कोरोना भाइरसको उत्पत्ति चीनको वुहान सहरमै भएको हो भन्ने कुरामा भने त्यहाँका विशिष्ठ व्यक्तित्वहरु विश्वास गर्दैनन्। हालै चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकी सेनाका कारण कोरोना भाइरस वुहानसम्म आइपुगेको बताएका छन् ।

प्रवक्ताले ट्वीटर मार्फत भनेका छन्, ‘२/२ सीडीसी घटनास्थलमा समातियो। अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो? कति व्यक्ति संक्रमित छन्? अस्पतालको नाम के हो? यो अमेरिकी सेना हुन सक्छ जसले वुहानमा महामारी ल्याए। पारदर्शी हुनुहोस्! तपाईंको डाटा सार्वजनिक गर्नुहोस्! अमेरिका, हामीलाई विस्तृत विवरण दिनुहोस्!’

केही दिन अघि, दक्षिण अफ्रिकाका लागि चीनका राजदूतले पनि आफ्नो देशको महामारीमा बारेमा चर्चा गरेका छन्। साथै, कोरोना भाइरसको उत्पत्ति चीनबाट नभएको सम्भावना व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘यद्यपि, यो महामारी पहिलो पटक चीनमा देखिएको थियो। तर, यसको मतलब यो होइन कि भाइरस चीनबाट उत्पन्न भएको हो।’

यी सबै भनाईहरुके कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको मुख्य भूमिका भएको दाबी गर्दछ।

यी दुईको भनाइले कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको भूमिका भएको दाबी गर्छ । चीनको विशाल जनसम्पर्क अभियानले पनि बारम्बार यसमा अमेरिकाको हात भएको बताउँदै आएको छ ।

हालसम्म, संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ३४ हजार ७ सय ६८ पुगिसकेको छ भने ज्यान जानेको संख्या भने ४ हजार ९ सय ८३ पुगेको छ। चीनबाहिर मात्र १२७ भन्दा बढी देशहरुमा कोरोना भाइरस पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले भने ‘गत दुई सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या निकै बढेको छ। संक्रमित हुने देश तेब्बर भइसके,’आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देशको संख्या अझै बढ्ने हाम्रो अनुमान छ।’

प्रकाशित : , ०, ००५:४१

अष्ट्रेलियाका गृहमन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण