प्रत्यारोपण पछि प्रधानमन्त्री ओलीलाई पत्नी राधिका शाक्यले पहिलोपटक भेटिन् !

सांकेतिक तस्विर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको नवौं दिन स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे एक विज्ञप्ति जारी गर्दै अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार नवौं दिन पनि परिक्षणहरुलाई निरन्तरता दिइएको छ।

परिक्षणहरुका नतिजाहरु सामान्य र सन्तोषजनक देखिएको अस्पतालको भनाई छ। प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको अस्पतालको दावी छ।

पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई भेटिन्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले भेटेकी छन्। बिहिबार शाक्यले मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई भेटेकी हुन्। शिक्षण अस्पतालको आइसीयु कक्षमै पुगेर ओलीलाई भेटेको बताइएको छ।

गत बुधबार मिर्गाैला प्रत्यारोपण पछि शक्यले ओलीलाई बिहिबार पहिलोपटक भेटेकी हुन्। शाक्य प्रधानमन्त्रीलाई भेट्ने दोस्रो ‘भिजिटर’ बनेकी छन्। यसअघि उनलाई मिर्गौला दिएकी उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले पहिलो भिजिटरको रुपमा भेटेकी थिइन्। शाक्यले ओलीलाई भेटेको बारे प्रधानमन्त्रीका प्रमुख विष्णु रिमालले ट्वीटर मार्फत जानकारी गराएका छन्।

“प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो।”,जानकारी दिँदै रिमालले लेखेका छन्।

प्रकाशित : , ०, ०१२:१८

“कालोबजारी गर्नेहरुले खाना पकाउने ग्यास लुकाइसके, सरकारको ध्यान खोइ?”