घुस बार्गेनिङ बारे जिताको स्पष्टीकारण – “फेक आइडी बनाएर बद्नाम गर्न खोजियो, मुद्दा हाल्छु”

काठमाडौँ – नेपाल नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले नक्कली च्याट सार्वजनिक गरेर आफूलाई बद्नाम गराउन खोजिएको बताएकी छन्।

नेपाल नर्सिङ काउन्सिलको परिक्षामा उतिर्ण गराइदिने भन्दै तीन लाखको बार्गेनिङ गरेको भनिएको एक च्याटलाई बाहिरिएपछि बरालले एक पत्रकार सम्मेलन गरेर आफ्नो फेक फेसबुक प्रोफाइल बनाई बद्नाम गराउन खोजिएको बताएकी हुन्।

भदौ २४ गतेको परीक्षामा पास भएकी एक नर्ससँग एउटा दलालले पैसा मागेको आफूले थाहा पाएर त्यस विरुद्ध प्रक्रिया थालेपछि बद्नाम गराउन त्यस्तो गरिएको उनको स्पष्टिकरण छ।

एक दलालबाट प्रताडित नर्सको पक्षमा आवाज उठाउँदा र उनको पक्ष लिँदा आफ्नो चरित्र हत्या गर्ने नियतले नक्कली च्याट बाहिर ल्याइएको उनले दावी गरिन्। आफूले उक्त दलालको पर्दाफास गरेकै कारण नियोजित रुपमा नक्कली च्याट सार्वजनिक गरिएको उनको दावी छ।

परीक्षामा पास भइसकेकी एक नर्सलाई रकम माग्दै ती व्यक्तिले चरम दबाव दिएको पनि उनले खुलासा गरिन्।

“एक शैक्षिक दलालले फेक आइडी बनाएर ती बहिनीलाई म पास गराइदिन्छु भन्दै बार्गेनिङ गरेको प्रष्ट छ। पास भैसकेपछि यी बहिनीलाई फोन गरेर पटक-पटक धम्की दिँदै आएका थिए।”,उनले भनिन्,”नेपाल नर्सिङ काउन्सिलमा हुँदै नभएका व्यक्तिहरुको नाम प्रयोग गरेर उसले ठग्ने गरेको देखिन्छ।” आफूलाई आइएमइ गरेर पठाइएको भनिएको आइएमइ नम्बर समेत नक्कली भएको उनले दावी गरिन्।

फेक आइडी बनाएर बद्नाम बनाउने खेल बारे आफूले काउन्सिलमा पनि जानकारी गराइसकेको र प्रहरीमा उजुरी दिन लागेको पनि उनले खुलाइन्।

प्रकाशित : , ०, ०१०:५०

संसदमा रामनारायणको आक्रोश- “बिहान उठेदेखि ट्वाइलेट उद्घाटनमा कुद्ने , जवाफ दिन नभ्याउने?”