अभिनेता अमिताभ बच्चन अहिले ७७ वर्षको भए पनि उनको उर्जा भने युवाको जस्तै रहेको छ । शूटिंगबाट जब समय मिल्छ तब उनी सोशल मिडियामा सक्रिय हुन्छन् र फ्यानसँग कुरा गर्न थाल्छन् । तर हालै अमिताभले केहि ट्वीटरमा यस्तो शेयर गरे जसको चर्चा हुन थाल्यो ।
वास्तवमा अमिताभले आफ्नो ट्विटर अकाउंटबाट एक फोटो शेयर गरेका छन् । यसमा उनको एंग्री लुक देखिएको छ । फोटोमा अमिताभले क्यापशन लेखेका छन् ,”मुडमा थोरै कठोरता चाहिन्छ महोदय, समुन्द्र पनि नुनिलो नभएको भए मान्छेले त्यहाँको पानी पिएर सकाउथे’
एक अर्को ट्वीटमा अमिताभले लेखेका छन्,”कहिलेकाही, हाम्रो परीक्षण हाम्रा कमजोरीहरू देखाउनको लागि लिइदैन, यो त हाम्रो तागत जाँच्नको लागि लिइन्छ ।’
यो भन्दा पहिला अमिताभले होलिको समयमा आफ्नो थ्रोब्याक तस्विर शेयर गरेका थिए । तस्विरलाई शेयर गर्दै अभिनेताले लेखेका थिए, ‘होलीको यस पावन अवसरमा सबैलाई बधाई , र स्नेह हामी सबैको जीवनमा खुशी रहोस , यही प्रार्थना छ ईश्वरसँग ! कैयौँ वर्ष पहिलेको होली , प्रतीक्षामा अभिषेक र जयासँग । आरके स्टूडियोमा राज जी, शम्मी जी, जीतेंद्र, शत्रुघनसँग ।’