काठमाडौँ – काभ्रेको धुलिखेलमा बिहिबार भएको सडक दुर्घटनामा परी झन्डै आधा दर्जन व्यक्ति घाइते भएका छन्। काभ्रेको धुलिखेलमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।
झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४१८७ माईक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नं. ३–०३–००१ ख ०१९४ नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटना धुलिखेल नगरपालिका–३ स्थित अरनिको राजमार्गमा भएको बताइएको छ।
दुर्घटनामा परी घाइते हुनेहरुमा झापा दमक नगरपालिकाका ३२ वर्षीय रन्जित गजमिर, झापा मेचिनगर नगरपालिकाका २२ वर्षीय केशब मिश्र, दोलाखा मैनापोखरीका ६४ वर्षीय बलराम शर्मा, काठमाण्डौ कोटेश्वर बस्ने ६२ वर्षीय कृण्ण क्षेत्री र माईक्रोबस चालक काभ्रे पनौती नगरपालिका बस्ने २८ वर्षीय विज्ञान दाहाल रहेका छन्।
घाईतेहरुको टाउको, खुट्टा, घुडा, नाक आदिमा चोट लागेको छ। घाइतेमध्ये सबैभन्दा बढी गम्भीर बलराम शर्मा छन्। शर्माको अवस्था गम्भीर भएपनि खतरामुक्त रहेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेहरुको लिखेल अस्पतालमा उपचार भइरहेको छ। मालवाहक ट्रक, ट्रक चालक र हाईसलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिसकिएको छ।