बुधबार आफैँ दाह्री काटे, बिहिबार ज्वरो आयो: रगत र पिसाब परिक्षण गरिँदै!

काठमाडौँ – गत हप्ता मात्र मिर्गौला प्रत्यारोप गरेका प्रधानमन्त्री केपी शर्मा ओली तत्काल डिस्चार्ज नहुने भएका छन्। स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्रीको अस्पताल बसाई केहि दिन लम्भिने भएको हो।

ओलीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीकी ज्वरो आएको छ। ज्वरो आएकै कारण प्रधानमन्त्री तत्काल डिस्चार्ज नहुने भएको अस्पताल निकट एक श्रोतले जनाएको छ।

सामान्यतया: शल्यक्रिया गरेपछि घाउ दुखेर ज्वरो आउने हुन्छ। प्रधानमन्त्री ओलीलाई पनि त्यहि भएको हुन सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्रीमा अहिले सामान्य ज्वरो देखिएको बताइएको छ।

ओलीको उपचारमा संलगन चिकित्सकहरुले उनको रगत र पिसाब परीक्षणका लागि पठाइसकेका छन्। परीक्षणका केहि रिपोर्ट तत्काल आउने भएपनि केहि रिपोर्ट आउन भने समय लाग्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला अङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी फर्किसकेकी छन्। सङ्ग्रौलालाई बुधबार डिस्चार्ज गरिएको हो।

सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग ओलीको स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिइन् ।

दाह्री आफैँ काटेका थिए

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले बुधबार आफैँ आफ्नो दाह्री काटेको जनाउँदै स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गरेका थिए । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : , ०, ००७:४३

शहर पसेका युवा फर्किए, कालिजपालन गरेर लाखौं कमाउँदै ! कतिमा बिक्छ कालिज ? [मूल्यसहित]