काठमाडौँ – आज बिहिबार प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गराउन लागेका हुन्।
भारतले कालापानी तथा लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकले नेपाली भूभाग फिर्ता गराउन तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता गराउन दिएको निर्देशनलाई ध्यानमा राखेर संसदमा बिहिबार भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुन लागेको बताइएको छ।
गत प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव पेश गराउने कार्यसूची रहेको भएता पनि समय अभावका कारण पेश हुन सकेको थिएन। जसकारण बिहिबार उक्त प्रस्ताव पेश गराउन लागिएको हो।