गण्डकी प्रदेशमा चार जनाले गुमाए ज्यान!

सांकेतिक तस्विर

गण्डकी प्रदेशमा आज भएका विभिन्न घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्रयाक्टर  दु-र्घटनामा दुई र रुखबाट खसेर एकको मृत्यु भएको छ भने गोरखामा एक जना मृतावस्थामा भेटिएका छन् ।

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ देउतीखोलास्थित पुरानो बस्तीमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखबाट घाँस झार्ने क्रममा अचानक हाँगा भाँचिएर लगभग ३० मिटर तल भुइँमा खस्दा स्थानीयवासी ७० वर्षीय लालबहादुर बोटे साजको मृत्यु भएको हो ।

सोही जिल्लाकै बन्दीपुर गाउँपालिका–५ कोरिकास्थित भित्री सडकखण्डमा बाउनभञ्ज्याङ आज बिहान भएको ट्रयाक्टर दु-र्घटनामा परी चालक र सहचालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाकारी दिनुभयो ।

उहाँका अनुसार ग१त ४८०८ नं को ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्न जाँदा चालक गोरखा पालुङटार–७ च्याङलीका २१ वर्षीय प्रेमकुमार र बन्दीपुर–४ नयाँपुल बस्ने २३ वर्षीय राजकुमार परियारको उपचारका क्रममा लक्ष्मी अस्पताल डुम्रेमा निधन भएको हो ।

गोरखा नगरपालिका–१३ स्थित कुँडुले भन्ने स्थानमा आज बिहान नाम तथा वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा भेटिएका हुन् ।

प्रकाशित : , ०, ०१३:४२

३०० भन्दा बढी जन्ती लिएर गएका बेहुला फर्किए बेहुली नलिई, रोकियो २ बिहे,!