काठमाडौँ, फागुन २८ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले गत फागुन १२ गते इन्गेजमेन्ट गरेका हुन् । भोलि अर्थात् फागुन २९ गते विवाह बन्धनमा बाधिन लागेका यस जोडीले केहि दिन अगाडी संगीत समारोह आयोजना गरेका थिए ।
आँचल शर्मा र डाक्टर उदिपले फागुन १२ गते काठमाडौँको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका थिए । परिवार, आफन्त र निकटका चलचित्रकर्मीको उपस्थितिमा नायिका आँचल र चितवन निवासी उदिप श्रेष्ठले इन्गेज्मनेट गरेका हुन्।
विवाहका लागि आँचलको परिवारले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेका हुन् ।