पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमितको संख्या १९ पुग्यो

एजेन्सी –  पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ ।

सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् ,भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ ।

अर्का एक जना गत हप्ता पूर्ण निर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सात जना सङ्क्रमित भेटिएका छन् । यो सँगै कूल २९ पुगेको छ । श्रीलङ्का र टर्कीमा पनि कोरोनाका सङ्क्रमिक भेटिन थालेका छन् ।

अहिलेसम्म सङ्क्रमित नभेटिएका यी देशमा एक–एक जना सङ्क्रमित भेटिएको अधिकारीले जनाएका छन् ।

पाकिस्तानमा हिमपहिरो पाँचको ज्यान गयो

पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको ज्एयान गएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।

यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।

यस हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित : , ०, ०१०:१०

इँट्टा प्रहारबाट बुवाको गयो ज्यान, छोरा पक्राउ