अमेरिकामै अस्तायो श्रीमती र छोरीलाई सँगै लैजाने सपना, सुतेकै अवस्थामा मृत्यु !

काठमाडौँ – अमेरिकामा रहँदै आएका एक नेपालीको ज्यान गएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको हो।

ज्यान गुमाउनेमा बाग्लुङका सुनिल केसी रहेका छन्। ३१ वर्षीय केसी मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका थिए। बाग्लुङ स्थायी घर भएका उनी बस्दै आएको कोठामा मृ-त फेला परेको हुन्।

केसी बाल्टिमोर स्थित एक स्टोरमा काम गर्दै आएका थिए। उनी काम गर्ने सोहि स्टोरको माथिल्लो तल्लामा बस्दै आएको बताइएको छ। अबेर सम्म काममा नआएपछि केसीको खोजीकार्य गर्दा उनको कोठा बन्द पाइएको थियो।

कोठा बन्द पाइएसँगै प्रहरी बोलाएर कोठा खोल्दा केसी मृ-त अवस्थामा फेला परेका हुन्। उनको श-व पोष्ट-मा-र्टमपछि बाल्टिमोरको को-रोनरी हाउसमा राखिएको स्थानीय प्रहरीले जनाएको छ।

बताइएअनुसार, केसीले केहि समय अगाडी मात्र अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका थिए। उनले श्रीमती तथा छोरी ल्याउने प्रक्रिया समेत सुरु गरिसकेको बताइएको छ।

कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने

चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ ।

नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो । चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ ।

चक्रपथको कोटेश्वर–कलङ्की खण्ड निर्माण गरेको चीन सरकारले नै कलङ्की–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो । पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो । झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए। महाराजगञ्ज क्षेत्रमा केही घरहरु हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ । उनले भने, “हामीले आवश्यक तयारी गरिसकेका छौँ चिनियाँ टोली आउन नसक्ने हुँदा काम शुरु नहुने देखिएको छ ।”

प्रकाशित : , ०, ००९:१८

कलङ्की–धोबीखोला सडक विस्तार पनि कोरोनाबाट प्रभावित !