त्रासमा छ दुनियाँ, तर यी डाक्टरहरु भने कोरोनाका कारण नाच्न थाले!

चीन पछि इटालीमा कोरोना भाइरसको बढी प्रकोप देखिएको छ। इटालीमा कोरोना भाइरसबाट पीडित बिरामीहरूको संख्या दिनहुँ बढी रहेको छ। इटालीमा कोरोना भाइरसबाट १०७ जनाको ज्यान गइसकेको छ भने, इरानमा ९२ जना व्यक्तिहरुले ज्यान गुमाएका छन्। अहिले इटाली र इरानमा कोरोना भाइरसलाई लिएर निकै त्रासको माहोल देख्न सकिन्छ। यस अवस्थामा, सामाजिक संजालमा एक भिडियो निकै छिटो भाइरल भइरहेको छ। यस भाइरल भिडियोमा, डाक्टर अस्पतालमा नाचिरहेका छन्। डाक्टरको यस नाचेको भिडियोलाई सामाजिक संजालमा निकै मन पराइएको छ।

इटालीमा डाक्टरहरू कोरोना भाइरस विरुद्ध लडिरहेका छन्। डाक्टरहरू दिन रात पीडितहरुका उपचारमा निकै व्यस्त छन्। यस्तो अवस्थामा, डाक्टरहरू थकान हटाउन र आफुलाई लामो समयसम्म सक्रिय राख्न, अस्पतालमानै नाचिरहेको अवस्थामा देखिन्छ। ताकि, कोरोना भाइरसबाट पीडित व्यक्तिहरूको उपचारका लागि दिन रात खटिन सकून्। यस भिडियोमा, डाक्टरले मास्क लगाएर नाचिरहेको देखिन्छ।

अर्को एक भिडियो पनि सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। जसमा डाक्टरहरू एक अर्काको हात समात्दै समुहमा नाचिरहेका देखिन्छन्। सामाजिक संजालमा यस भिडियोलाई निकै मन पराइरहेका छन्। त्यसै गरि, केही डाक्टरहरू भने गीत गाएर आफूलाई सक्रिय राखिरहेका छन्।

अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ३२८३ भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन्। चीनमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। चीनमा मात्रै अहिलेसम्म ३०१२ जनाले ज्यान गुमाएका छन्। दोस्रो नम्बरमा इटाली र तेस्रो नम्बरमा इरान रहेको छ। अब भारतमा पनि, यस भाइरसको त्रास देख्न थालिएको छ। हालसम्म भारतमा ४३ भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको छ।

प्रकाशित : , ०, ००८:३६

टिपरको ठक्करबाट महिलाको ज्यान गयो, स्थिति तनावग्रस्त !