काठमाडौँ, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका- १ मनोहरामा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान ८:१५ बजे विस्फोट भएको हो।
ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोट गराइएको छ। विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्।
विस्फोटमा ठूलो क्षति भने नभएको प्रहरीको प्रारम्भिक आकलन छ। बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिर आएपछि बाँस्कोटाले हालै मन्त्रीबाट राजीनामा दिएका थिए।