गेम अफ थ्रोन्सको अभिनेत्री अर्थात् प्रियंका चोपडाको जेठानी सोफी टर्नरले प्रियंकालाई लिएर बयान दिएकी छन् । सोफी प्राय: भनिरहन्छिन् कि प्रियंका उनी भन्दा धेरै सिनियर अभिनेत्री हुन् ।
सोफी टर्नर भन्छिन्, ‘उनीसँग २० वर्ष लामो बलिउड करियरको अनुभव रहेको छ । अहिले उनको भारतमा धेरै फ्यान रहेका छन् । हामी निक र प्रियंकाको बिहेको लागि इंडिया गएका थियौ । त्यस समय हामीलाई त्यहाँ रोयल ट्रीटमेन्ट गरिएको थियो ।’
सोफीले एक अन्तर्वार्तामा बताईन् कि प्रियंका र जोनस परिवारसँग उनको सम्बन्ध निकै राम्रो रहेको छ । लस एंजलसमा प्रियंका र सोफी नजिकै बस्छन् । सोफी भन्छिन् ,”यो निकै रमाइलो कुरा हो । मेरो घरबाट १० मिनेट टाढाको दुरीमा प्रियंका रहन्छिन् । केविन र डेनियल न्यू जर्सीमा बस्छन् । हामी उनीहरुलाई भेटि रहन्छौ । हामी एक परिवार जस्तै छौ, किनकी उनीहरु दाजुभाई बेस्ट फ्रेन्ड हुन् ।”
कामको कुरा गर्दा सोफीलाई गेम अफ थ्रो-न्स बाहेक म्यान-डार्क फोनिक्समा देखिएको थियो । उनी छिट्टै वेबसिरिज सर्वाइवमा देखिने छिन्।