काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा व्यक्त गरेकी छन्। डिस्चार्ज दिनको लागि चिकित्सकहरुले अनुमति दिएपनि उनले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा राखेकी हुन्।
समीक्षालाई डिस्चार्ज तयारी गरिएपनि संग्रौलाले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा देखाएपनि उनको डिस्चार्ज रोकिएको शिक्षण अस्पताल निकट एक श्रोतको दावी छ।
संग्रौलाको स्वास्थ्य अवस्था सामान्य भैसकेको हुँदा डिस्चार्ज तयारी गरिएपनि अब उनी प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने भएकी छन्। दुवैलाई अबको केहि दिन भित्रै डिस्चार्ज गर्ने चिकित्सकहरुको तयारी छ। सम्भव भएसम्म दुवै शुक्रबार सम्म डिस्चार्ज हुनेछ।
नाताले मामा पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने इच्छा पनि समीक्षाको पूरा हुन सकेको छैन। उनले आईसीयुमै प्रधानमन्त्री ओलीलाई भेट्न चाहेकी थिइन्। चिकित्सकहरुले आफन्तहरुलाई प्रधानमन्त्रीसँग भेटघाट गर्न दिनसकेको हुँदा उनको त्यो इच्छा पनि पूरा हुन सकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको सातौं दिन स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उनको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीलाई मिर्गाैला दान दिने उनकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।