एक निर्दोष बच्चा केटीसँग एक घरेलु कामदार महिलाले देख्दा पनि डर लाग्दो व्यवहार गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। घटना सिंगापुरको हो, एमी नाम गरेकी एक लेखा कार्यकारीले आफ्नो घरमा काम गर्ने कामदार महिलाले उनको बच्चासँग गरेको भयानक व्यवहारको भिडियो फेसबुकमा साझा गर्दै हरेक आमाबाबुलाई घरेलु कामदारको भरोसा गर्नु हुँदैन भनेर सल्लाह दिएकि छिन्।
एमी विगत धेरै दिनदेखि निराश थिइन् कि उनकि १६ महिनाकी छोरी प्रत्यक राती रुने गर्थिन् । यसबाट विचलित हुँदै, जब एमी आफ्नी छोरीलाई लिएर डाक्टरको मा पुगिन् , डाक्टरले बताए कि बच्चाको हातमा दाग बसेको छ। एमीले त्यसपछि बेबी मोनिटरको भिडियो जाँच गरिन् , त्यसछि उनले जे देखिन् उनी शब्दबिहिन भइन्।
एमीले भनिन् कि उनले पहिलो पटक घरको बेबी मोनिटरको सीसीटीभी फुटेज हेरिन्, उनको शरीर डरले काम्न लग्यो । वास्तवमा एमी दैनिक अफिस जान्थिन् , त्यसैले उनको घरमा काम गर्ने महिला कामदारले उनकी छोरीको हेरचाह गर्थिन् । सीसीटीभी फुटेज जाँच गर्दा, यो कुरा थाहा भयो कि यदि बच्चा रोयो भने उनी हात तातो भाँडा अथवा त्यो भाँडोमा जे उम्लिरहेको छ त्यसमा डुबाइदिन्थिन् ।
त्यसपछि, कुनै प्रकारको दाग नबसोस् भनेर मलम लगाइदिने गर्थिन् । पुलिसले जनावरी १४ मा फेला पारेको फुटेजमा पनि देखिन्छ कि ती महिलाले बच्चाको हात तातो भाँडोमा उम्लिरहेको पदार्थमा डुबाइरहेको देखिएको थियो । एमीले यसबारे फेसबुकमा एक पोष्ट पनि लेखिन् र अरु आमाबुवालाई आफ्ना बच्चाहरूको हेरचाह आफैं गर्न आग्रह गरिन् ।
एमीले ४६ सेकेन्डको अर्को भिडियो पनि साझा गरेकि छिन् जसमा ती महिलाले उमालेको तेलमा बच्चाको हात डुबाइदिँदै गरेको देखिन्छ। पुलिसका अनुसार उजुरी पछि ती महिलालाई पक्राउ गरिएको छ । अनुसन्धानको क्रममा ती महिलाले एमीको अर्की ८ वर्षीया छोरीलाई पनि त्यस्तै किसिमको या-तना दिने गरेको खुलेको बताइएको छ ।