होलीको रङ पखाल्न बाथरुम छिरेका पदम अस्ताए सधैंका लागि!

काठमाडौँ, फागुन २७ । सोमबार फागुन २६ गते दिनभर साथीभाइसँग  होलि मनाएर रङ पखाल्न नपाउँदै २७ वर्षीय एक युवाको मृत्यु भएको छ । उत्साह उमङ्ग र रंगको पर्वका रूपमा मनाइने होलीको रंग युवा विद्यार्थी पदम भण्डारीको लागि काल बनेको छ । होलीको रङ पखाल्न बाथरूम छिरेका भण्डारी लामो समयसम्म बाहिर ननिस्केपछि परिवारले बेहोस अवस्थामा उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो। तर उनलाई अस्पतालका चिकित्सकहरूले मृत घोषणा गरे।

पदम नुहाउनको लागि ग्यास गिजर चलाएर बाथरूम छिरेका थिए । दिनभर होलीमा साथीभाइसँग रमाइलो गरेका भण्डारीको केही बेरपछि ट मृत्युको अपत्यारिलो खबर सुनेपछि डडेल्धुराका  सिंगो युवा जगत मर्माहत बन्यो।

पदम भण्डारी डडेल्धुरा जिल्लाको विद्यार्थी राजनीतिमा निकै सक्रिय थिए । भण्डारीको घर डडेल्धुरा सदरमुकामको तुफानडाँडामा हो । पारिवारिक स्रोतको अनुसार भण्डारीको शवलाई मंगलबार नै सेतीघाटमा अन्तिम दाहसंस्कार गरिनेछ । पदमको मृत्युको कारण अझै खुल्न नसकेको प्रहरीले बताएको छ। शवको पोस्टमार्टम प्पानी गरिसकेको छ तर रिपोर्ट भने  आएको छैन।

भण्डारी विद्यार्थी राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका थिए । साथै उनी नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ डडेल्धुराको कार्यबाहक सभापति थिए ।

प्रकाशित : , ०, ०१०:३०

कांग्रेस नेता भन्छन् – “कांग्रेसले दुई तिहाईले जितेपनि एकल सभापति भएसम्म केही हुनेवाला छैन”