छ महिना देखि पिडामा छटपटाई रहेको थियो ३ वर्षीय बालक, शरीर भित्र भेटिए यस्ता वस्तु!

भारतको तेलंगानामा एक तीन वर्षीय बालकलाई पछिल्लो ६ महिलादेखि पेट दुखेको समस्या लिएर,उसका आमा बुबा उसलाई अस्पताल लिएर गए । पहिला उनीहरुलाई लग्योकि यो सामान्य पेट दुखाई हो तर लामो समय सम्म पनि पेट दुख्ने क्रम नरोकिएपछि उनीहरु आफ्नो बच्चालाई लिएर अस्पताल पुगे ।

अस्पतालमा डाक्टरहरुले बच्चाको चेकजाँचको क्रममा उसको एक्स-रे गरे । जे कुरा एक्स-रे को रिपोर्टले देखायो त्यो देखेर डाक्टरदेखि लिएर सबै दङ्ग रहे । वास्तवमा बच्चाको एक्स-रे रिपोर्टले यो देखायो कि उसको पेटमा ११ वटा सुइ छन्। त्यसकारण, बच्चा गम्भीर पिडाले ग्रसित थियो। यद्यपि यी सुइहरू कसरी बच्चाको पेटमा पुगे भन्ने कुरालाई लिएर सबै आस्चर्यचकित रहे ?

पिडित बच्चाका बाबु र आमा, जो वानापार्थी जिल्लाको विपनागण्डलाका बासिन्दा हुन् , उनीहरुले  बताए कि – बच्चा  प्रायः पिडाले कराइ रहन्थ्यो । जब उसलाई पेट दुख्थ्यो र रुन्थ्यो , हामी उसलाई औषधी दिन्थ्यौं । तर औसधीको प्रभाव थोरै समयको लागि मात्र हुन्थ्यो”

बच्चाको उपचार गरिरहेका अस्पतालका डाक्टर श्रीनिवास रेड्डीले भने, “शल्यक्रिया गरेपछि ८ सुईहरू निकालिएको छ। अन्य तीन सुईहरू अझै पनि शरीरमा  छन् जुन पछि निकालिनेछ।” बच्चाको अवस्था अहिले स्थिर रहेको बताइएको छ ।

बच्चाका बाबुआमाले यस घटनामा आफ्नो परिवारको नजिककै मानिसहरु माथि शंका व्यक्त गरेका छन्।  यस घटनामा प्रहरीले अभिभावकको गुनासोमा मुद्दा दर्ता गरेको छ। अहिले यो मुद्दाको अनुसन्धान भइरहेको छ।

प्रकाशित : , ०, ०१२:५८

जापानमा कोरोनाको त्रासः आपतकाल घोषणा गर्न नयाँ विधेयक प्रस्ताव !