कोरोना भाइरस: उत्तर कोरियामा १ सय ८० भन्दा बढी सैनिकको ज्यान गयो !

काठमाडौँ – विश्वभर फालिरहेको कोरोना भाइरसको संक्रमणका कारण उत्तर कोरियामा झन्डै दुई सय सैनिकको ज्यान गएको संचार माध्यमहरुले दावी गरेका छन्।

दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले कोरोना भाइरस संक्रमणका कारण उत्तर कोरियामा १ सय ८० जना भन्दा बढी सैनिकको ज्यान गएको दावी गरेका हुन्।

सैनिक स्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले जनवरी महिनामा मात्र १ सय ८० उत्तर कोरियाली सैनिकको ज्यान गएको समाचार सम्प्रेषण गरेका छन्।

सम्प्रेषित समाचार अनुसार, फेब्रुअरीमा झन्डै ३ हजार सात सय सैनिकलाई क्वारेन्टाइनमा राखिएको छ। उत्तर कोरिया र चीनको सीमाक्षेत्रमा खटिएका सैनिक बढी प्रभावित भएको बताइएको छ।

समाचारहरुमा कोरोना भाइरस संक्रमणका कारण उत्तर कोरियामा सैनिकहरुको ज्यान गएको दावी गरिएता पनि आधिकारिक रुपमा पुष्टि भएको भने छैन। उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण पुगेको समाचारहरु आइरहेको भएता पनि उत्तर कोरियाले पनि त्यसलाई तथ्यहिन बताउँदै आएको छ।

राष्ट्रपति सीद्वारा वुहानवासी, अग्रमोर्चामा काम गर्ने अधिकारीसँग भेट

चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गरेका छन् ।

विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमणका कारण चीनमा मङ्गलबारसम्ममा तीन हजार १३६ जनाको मृ-त्यु भएको छ ।

राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो ।

राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, हौसेनसान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए। उनले स्थानीय र अग्रपङ्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गर्नुभयो ।

प्रकाशित : , ०, ००८:२६

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो, २४ घण्टामा ३ हजार ९९३ संक्रमित थपिए !