पौराणिक मान्यता अनुसार धेरै ऋृषि-मुनिहरूले क्रोधित हुँदा श्रा-प दिने गर्थे । त्यस्तै, महाभारतको समयमा श्रा-पहरू दिएका थिए ,जसको प्रभाव पृथ्वीमा अझै पनि देखिन्छ। पाण्डवकी श्रीमती द्रौपदीको चरित्र पनि निकै चाखलाग्दो थियो । द्रौपदीलाई पन्चाल राज्यको नामको आधारमा पान्चाली पनि भनिन्छ।
द्रौपदीले पाण्डवसँग विवाह गरेकि थिन् , यसको पछाडि एउटा महत्त्वपूर्ण कथा छ। तर विवाह पछि, पाण्डवहरुले धेरै सर्तहरुको पालना गर्नुपरेको थियो । पूरा इतिहासमा द्रौपदी जस्तो महिला छैनन् । यस महाकाव्यमा द्रौपदीलाई जति अन्याय अरु कसैलाई पनि भएको छैन । महाभारतमा थुप्रै कथाहरू छन्, ती मध्ये एउटा हो द्रौपदीले कुकुरहरूलाई किन श्रा-प दिएकी थिन् त ?
द्रौपदीले दिएका धेरै श्रा-पहरुको पृथ्वीमा अझै पनि प्रभाव छ । जब द्रौपदीले पाँच पाण्डवहरूसँग विवाह गरिन् , उनले एउटा सर्त राखेकी थिइन् कि एक समयमा केवल एक भाइ मात्र द्रौपदीको कोठामा आउँन पाउँने छन् । जो कोठामा जान्छ, उसले ढोका बाहिर उसको जुत्ता राख्ने छ, जसले गर्दा अरुलाई थाहा होस् कि कोहि कोठा भित्र छ भनेर। र यस नियमको उल्लंघन गर्ने व्यक्ति तुरून्त एक वर्षको लागि वनबास जानुपर्नेछ। कथाको अनुसार , एक दिन युधिष्ठिर द्रौपदीको कोठामा थिए तब ढोका बाहिरबाट कुकुरले उनको जुत्ता लग्यो।
यसपछि अर्जुन अनजानमा कोठा भित्र पसे र उनका अग्रज दाजुलाई द्रौपदीसँग देखे र अर्जुनलाई सर्त अनुसार वनबास जानु पर्यो। द्रौपदीलाई यो देखेर साह्रै अप्ठ्यारो लाग्यो र युधिष्ठिरको जुत्ता चोर्ने कुकुरमाथि उनलाई सार्है रिस उठ्यो र उनले सबै कुकुरहरूलाई श्राप दिइन् कि “सबै सरम बिर्सिएर, सम्पूर्ण विश्वले उनीहरुलाई सार्वजनिक रुपमा उनिहरुको स-ह-वास देखिरहेका हुनेछ ।” यो श्रा-पको अहिलेसम्म पनि कुकुरहरुमा प्रभाव छ ।
[लोकमान्यता तथा धार्मिक ग्रन्थमा आधारित]